विजय थापा ,भर्जिनिया , २० साउन/ तनहु अमेरिका सोसाईटी (समाज )ले म्यारिल्याण्डको एक समुन्द्र तट नजिक ग्रीष्म कालिन बनभोज कार्यक्रमको आयोजना गर्दै तनहुमा जन्मेका आदिकवि भानु भक्तलाई सम्झना गरेको छ l
संस्थाका अधक्ष्य पर्ल रेग्मीले बनभोज कार्यक्रमको आयोजना भनेको चिनजान गर्ने ,आपसी सद्भाव बढाउने र मित्रतालाई नवीकरण गर्ने उदेश्य रहेको भन्दै परिकार बनाएर ल्याउने सबैलाई धन्यवाद दिदै भर्खरै नेपाली दूताबासमा नेपालबाट आउनु भएका उप नियोग प्रमुख नारायण मैनालीलाई स्वागत गर्दै मैनालीको कार्यकालको सफलताको कामना गरेका छन् l नेपाली राजदूताबासका उपनियोग प्रमुख नारायण मैनालीले अमेरिकामा भर्खर आएको र पहिलो पटक तनहु अमेरिका सोसाइटीको कार्यक्रममा सहभागी हुन् पाएकोमा गर्व गर्दै भानुभक्तको बारेमा चर्चा परिचर्चा गर्दै अमेरिका आफु आउनु भन्दा पहिला थाईल्याण्ड ,बर्मा र अस्ट्रेलियामा नेपाली समुदायको कार्यक्रममा सहभागी भएको जानकारी गराउदै भानुभक्तले नेपाली भाषामा गरेको योगदानको प्रसंशा गर्दै तनहुमा भानु भक्त जन्मेकोमा तनहु वासीले गर्व गर्नु पर्छ भन्नु भयो l
नेपाल सरकारको तर्फबाट म्यारिल्याण्ड तथा पेन्सेलभ्यानियाका लागि नियुक्त हुनु भएका अवैतनिक महा बाणिज्य दुत प्रेम राजा महतले आयोजकलाई धन्यबाद दिनु भयो l वहाले अगाडी मन्तब्य राख्दै उप नियोग प्रमुख नारायण मैनालीलाई स्वागत गर्न पाउदा हर्ष लागेको भन्दै आफु पनि तनहुमा जन्मेको हु र भानु भक्त हाम्रा आदर्श हुन् भन्नु भयो l बानाका अधक्ष्य विजय श्रेष्ठले पनि शुभ कामना दिएका थिए l
औपचारिक कार्यक्रम भन्दा मनोरंजन ,भेटघाट, खानपिनमा अतिथिहरुलाई सत्कार गर्न आयोजकहरुले मात्री भुमिलाई सम्झना गराउने प्रकारको सेल रोटि ,करेलाको अचार ,सिलौटोमा पिनेको टमाटरको अचार ,खशीको मासु, पुलाउ ,फलाहार आदि व्यंजन तैयार गरिएको थियो l वनभोज कार्यक्रमलाई बिबिधता ल्याउने उदेश्य अनुरुप तनहु निवासी तथा कवि सुदिप भद्र खनालले तनहुलाई समर्पित गर्दै कविता वाचन गरेका थिए l चिठ्ठा ,सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो भने कार्यक्रम संचालक संस्थाका कृष्ण पन्तले गरेका थिए l