
पहिलो संविधानसभाका लागि एक नेपालीको ३४ सय ३७ रुपैयाँ खर्च भएको छ भने दोस्रो संभिानसभाको आगमी एक वर्षसम्ममा एक नेपालीले १५ सय ४७ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।पहिलो संविधानसभाका लागि ९१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको संविधानसभा सचिवालयले जनाएको छ । मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनका लागि ४० करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । पहिलो संविधानसभामा सभासद्हरुले गरेको खर्चलाई आधार मान्ने हो भने आगामी एक वर्षमा ६ सय १ जना सभासद्हरुका लागि १ अर्ब ८ करोड रुपैयाँ खर्च हुनेछ । जसअनुसार दोस्रो संविधानसभाका लागि आगामी एक वर्षसम्ममा ४१ अर्ब ३४ करोड रुपैयाँ खर्च हुनेछ ।