तनहुँ खबर डटकम दमौली असोज ७ गते नेकपा एमाले क्यामिन शाखा कमिटीको आयोजनामा दुईदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेकपा एमाले जिल्ला कमिटी तनहुँका अध्यक्ष केदार सिग्देलले सहभागी कार्यकर्तालाई पार्टीको कार्यदिशा सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा अन्य प्रशिक्षकका रुपमा नेकपा एमाले जिल्ला कमिटी तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला सचिव विद्या ढकालले समसामयीक राजनीतिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।क्यामिन शाखा कमिटीका अध्यक्ष दीप बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी पौडेलले गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नं। २ का अध्यक्ष हरिराज कँडेल, क्षेत्रीय सदस्य कृष्ण न्यौपाने र युवा संघ नेपाल तनहुँका सचिव इमान थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा क्यामिन शाखा कमिटी अन्तर्गतका १५० जना अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।