तनहुँ खबर डट कम समाचारदाता नवलपरासी असोज ७ गते जिल्ला निर्वाचन कार्यालय परासीले नवलपरासी जिल्लामा दुई लाख ५६ हजार ८ सय १२ जनाको फोटो सहितको मतदाता नामावली संकलन गरेको जनाएको छ । नवलपरासी जिल्लमा २०६३ सालमा भएको मतदाता नामावलीमा चार लाख ७३ हजार १८ रहेकोमा आयोगको केन्दिय कार्यलयले दिएको लक्ष्य अनुरुप ६४ प्रतिशत संकलन गरेको जनाएको हो । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनमा नागरिकता अनिवार्य गरेपछि जिल्लामा नागरिकता नभएका कारण दुई लाख ९० हजार १२ जनाको नामावली संकलनबाट बन्चित भएका छन । यसैबीच जिल्ला विकास समिति नवलपरासीले सामाजिक सुरक्षा कार्यक्रम अनुदान अन्तरगत पाँच करोड १० लाख निकासा गरेको तनहुँ खबर डट कम समाचारदाता नारयण सापकोटा ले जानाकारी दिनुभएको छ ।