Responsive Ad Slot

latest

प्रथम डुम्रे महोत्सव २०६८को तयारी तीव्र ।

Tuesday, January 24

/ by Admin BHOLA THAPA
तनहुँ खबर संवाददाता
तनहुँ माघ १० गते ।
व्यापारिक सांस्कृतिक पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा भन्ने मुल नाराको साथ प्रथम डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०६८ यहि माघ १३ देखि २२ गते सम्म तनहुँको डुम्रेमा हुन गइरहेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको महोत्सव मूल समारोह समितिका प्रचार प्रसार संयोजक सुवोध अधिकरीले जानकारी दिएका छन ।
अधिकारीले दिएको जानकारी अनुसार महोत्सवको प्रचार प्रसार एवम् थप जानकारी दिन आज डुम्रेमा पत्रकार सम्मेलन समेत गर्ने भएको छ । धार्मिक सांस्कृतिक एवम् ऐतिहासीक महत्वको वस्तु, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन ,पर्यटकीय स्थलको प्रचार प्रसार तथा इकाइको भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो आन्तरिक तथा बाह्य पर्यटक गरी कुल १ लाख दर्शकले अवलोकन गर्ने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिप जँग पाण्डेले गर्ने संयोजक अधिकारीले बताएका छन ।

Don't Miss
© all rights reserved
made with by netKUTI