Responsive Ad Slot

latest

पाल्पा तानसेनमा माओवादी प्रशिक्षण I

Tuesday, January 24

/ by Admin BHOLA THAPA
काठमाडौ, माघ १० गते ।


एकीकृत नेकपा माओवादीले आज पाल्पाको तानसेनमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित पार्टीका उच्च नेताहरु पाल्पा पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए । माओवादीले आज त्यहाँ मगरात राज्य अन्तर्गत पश्चिमका विभिन्न जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनेछ ।

बिहान ११ बजे सुरु हुने प्रशिक्षण कार्यक्रममा मगरातको ९ जिल्ला र तमुवानको ७ जिल्लाबाट गरि ७ सय भन्दा बढी कार्यक्रर्ता सहभागी हुने माओवादीले जनाएको छ । माघ ५ गते माओवादीले काठमाण्डूमा ताम्सालिङ र नेवा राज्य समिति स्तरिय प्रशिक्षण दिएको थियो । केही दिनयता अहिले माओवादी विभिन्न ठाउँमा पार्टी प्रशिक्षण तथा कार्यक्रम गरिरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI