
अन्य देशको नागरिक भएको हुनाले हामीले कानूनी प्रकृया अगाडि बढाउन नमिल्ने भएकोले नेपाली समुदायलाई जानकारी मात्र गराउन सक्यौँ, भारतीय दुतावासका कर्मचारीले ओमान स्थित नेपाली समुदायलाई बताए । ओमानमा नेपाली दुतावास नभएको र त्यसरी पिडित राख्ने कुनै सेल्टर पनि नभएकोले हामीले अलपत्र परेका नेपालीहरुलाई कुनै सहयोग गर्न पनि सक्दैनौँ र यो ओमानको हकमा कानून बिरुद्ध पनि हो, ओमानका दिपक श्रेष्ठको भनाई थियो ।
अहिले ओमान हेर्ने सम्बन्धित निकायले अंग्रेजी तथा अरविकमा अनुवाद गरिएको ट्राभल डकुमेन्ट तयार गरेर उनलाई नेपाल फिर्ती गर्ने अवस्था पहल गरिदिए उनी नेपाल जान पाउने थिइन् , श्रेष्ठले बताए । पिडित रुपाको भनाई अनुसार एक बर्ष सम्म एउटा ओमानी नागरिकको घरमा काम लगाएपछि अर्को घरमा काम गर्न सो घर मालिकलेआफुलाई पठाएको र आफुले त्यहाँ काम गरेको मध्येबाट जम्मा २ महिनाको मात्र तलव पाएको बताएकी छिन् । घर मालिकबाट आफुले सधैँ जसो मानसिक, शारीरिक यातना दिनुको साथै परिवारका सदस्यबाट असैह्य गलत व्यवहार गर्ने गरेकोले आफु सो ठाउँमा काम गर्न नसकेकोले उद्धार गरी जतिसक्दो छिटो आफु नेपाल फर्किन चाहेको बताईन् ।
साउदी अरब स्थित नेपाली दुतावासले ओमानलाई कन्सुलर सेवा प्रदान गर्दै आएको भएपनि साउदीमा थुप्रै नेपालीहरुको विकराल समस्याले गर्दा ओमानलाई खासै हेर्न नसकेको जानकारी गराउँदै ओमानमा दुतावास खोल्नु जरुरी रहेको साउदी स्थित नेपाली नियोगका उपप्रमुख हरिश्चन्द्र घिमीरेले बताए । ओमानमा दुतावास खोल्नु अनिवार्य रहेको भन्दै गैर आवासीय नेपाली संघ ओमानको आयोजनामा केहि दिन अघिमात्र ओमानमा नेकपा एमाओवादीका युवा नेता चन्द्र बहादुर थापा लगायत कतार लगायत अन्य राष्ट्रका एनआरएन प्रतिनिधीहरुको उपस्थितीमा सो बिषयमा छलफल पनि भएको थियो ।