Responsive Ad Slot

latest

पत्रकारको हात काट्ने र पत्रिका जलाउने धम्की I

Tuesday, January 24

/ by Admin BHOLA THAPA
आश गुरुङ,
लमजुङ, माघ १० गते ।
लमजुङमा नेपाली काँग्रेसका एक कार्यक्रर्ताले पत्रकारको हात काट्ने र पत्रिका जलाउने धम्की दिएका छन् । आफ्नो पार्टी अनुकुलको समाचार नआएको भन्दै नेपाली काँग्रेस सुन्दरबजार गाउँ कार्य समितिका सभापति मुरली कुमालले नेपाल पत्रकार महासंघ लमजुङका सचिव एंव लमजुङ खवर दैनिकका कार्यकारी सम्पादक नवीनराज कुईकेललाई टेलिफोन मार्फत धम्की दिएका हुन् ।

कुमालले केही दिनअघि लमजुङ क्याम्पस सुन्दरबजारमा भएको घटनाका सम्बन्धमा आज मंगलबार प्रकाशित लमजुङ खवरमा लेखिएको सम्पादकीयका बारेमा असन्तुष्टि जनाउँदै हात काट्ने र पत्रिका जलाउने धम्की दिएको कुइँकेलले वताएकाछन् । कुमालले सोही घटनाको तस्वीर खिच्नेक्रममा जनअपेक्षा साप्ताहिकसम्बद्ध पत्रकार अञ्जनकुमार हिमालीलाई क्यामराबाट तस्वीर हटाउन दवाव दिँदै दुब्र्यवहार गरेको पीडित हिमालीले वताएकाछन् । कँुईकेल गोरखापत्र दैनिक, इमेज टेलिभिजनसंग आवद्ध छन् भने हिमाली जनआस्था साप्ताहिसंग समेत आवद्ध जिल्ला प्रतिनिधि हुन् ।

घटनाको जिल्लामा क्रियाशील विभिन्न संचारसम्बद्ध संघ संस्थाले विज्ञप्ती मार्फत निन्दा एंव भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष कृष्ण के.सी, प्रेस चौतारी नेपाल लमजुङ शाखाका अध्यक्ष ईश्वर पाण्डे, नेपाल प्रेस युनियन लमजुङका अध्यक्ष कृष्ण भगवान श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघ लमजुङका संयोजक बासुदेव थापा, ईन्सेक लमजुङका प्रतिनिधि कृष्णप्रसाद अधिकारी र आदिवासी जनजाति पत्रकार संघ लमजुङका सचिव आश गुरुङले संयुक्त रुपमा आज एक विज्ञप्ती प्रकाशित गरी घटनाको भत्र्सना गरेका हुन् ।
विज्ञप्तीमा लोकतान्त्रिक परिपाटीमा पनि संचारकर्मीमाथी धम्किपूर्ण भाषा र गुण्डागर्दी शैलीको प्रयोग गर्नु गैरजिम्मेवार पूर्ण भएको भन्दै दोषी उपर तुरुन्त कानूनी कार्वाही गर्न प्रशासनसंग माग गरिएको छ ।

यस्तै, लमजुङ खबरका सम्पादक एवं रेडियो लमजुङका स्टेशन म्यानेजर मिलन शर्मा दनाइँले एक प्रेस विज्ञप्ति प्रकाशित गरि समाचार र सम्पादकीयको विषयलाई लिएर नेपाली कांग्रेस सुन्दरबजार गाउँ कार्य समितिका सभापति मुरली कुमालद्वारा निकृष्ट भाषामा अंगभंग गरिदिने र पत्रिका जलाउने जस्तो धम्की दिइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धम्की दिने ब्यक्तिलाई आवश्यक कारबाही गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति र स्थानीय प्रशासनसंग माग गरेको समेत विज्ञप्तिमा जनाईएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI