Responsive Ad Slot

latest

विवाद समाधान उपसमितिमा भएका सहमतिलाई अनुमोदन गर्ने विषयमा छलफल हुने I

Monday, January 9

/ by Admin BHOLA THAPA
काठमडौ पुस २५ गते
संविधान सभा अन्तर्गतको संवैधानिक समितिमा आज विवाद समाधान उपसमितिमा भएका सहमतिलाई अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ ।अहिले केहीवरेमा समितिको कार्यालय सिंहदरवारमा बस्ने बैठकमा उपसमितिको प्रतिवेदनमा बुदागत रुपमा छलफल हुने नेताहरुले जानकारी दिएका छन ।

बुदागत रुपमा फेरी छलफल गर्दै पारित गर्दै जाने कार्यक्रम रहेको समितिले जनाएको छ । विवाद समाधान उपसमितिको म्याद थपका बारेमा पनि कुरा उठाइएने एक नेताले जानकारी दिएका छन । माओबादी अध्यक्ष प्रचण्ड नेतृत्वको उपसमितिलाई सक्रिय बनाउन पर्नेमा केही सभासद्हरु देखिएका छन भने केही सभासद्हरुले संवैधानिक समिति मार्फत नै विवादहरुलाई टुङग्याउनु पर्नेमा जोड दिएका छन ।

बैठकमा संविधान निर्माणको नयाँ कार्यतालिका अनुसार संविधान निर्माणको कामलाई तिव्रता दिने विषयमा छलफल हुने समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI