Responsive Ad Slot

latest

एक नेपाली युवती यूएईको जेलमा I

Wednesday, January 25

/ by Admin BHOLA THAPA
निमकान्त पाण्डे, दुबई, जनवरी २५,

चितवन घर भई केहि समयदेखि युएईको अलऐन (अबुधावी) स्थित के.एफ.सी.फाष्ट फुडमा कार्यरत एक नेपाली युवती हाल यूएईको जेलमा परेकी छिन् ।

यूवतिका दाजु प्रतापले दिएको जानकारी अनुसार बिदेशी ईजिप्सियन मिश्री नागरिकसंग अबैध शारीरिक सम्बन्ध राख्न गई शरीर अस्वस्थ भएका कारण १६ जनवरी का दिन हस्पिटलमा उपचारका लागी जांदा चेकजांचका क्रममा पेटमा बच्चा रहेको प्रमाणित भएपछि हस्पिटलले ती यूवतिलाई पुलिसको जिम्मा लगाएको छ । फेमेली भिसामा आएका बाहेक अन्यले बच्चा जन्माउँन नपाउने युएईको कानुनि ब्यबस्था रहेको छ ।

यो केशका सम्बन्धमा जानकारी लिंदा सम्बन्धित केस दुताबास आइनसकेको नेपाली राजदुताबासबाट जानकारी दिनु भएको थियो । यूएईको कानुन अनुसार लुकी छिपी शारिरीक सम्बन्ध राखी बच्चा रहेको खण्डमा गैर कानुनि भई जघन्य अपराध मानिने कानुनी ब्यबस्था अनुसार अब युएईको अदालतले नै यस सम्बन्धी फैसला गर्ने छ ।

आफ्नो कम्पनीमा संगै काम गर्ने ती ईजिप्सियन युवक हाल फरार छन भने नेपाली युवती अल ऐन जेलमा रहेको बुझिएको छ । त्यस सम्बन्धमा जानकारी दिंदै यूवतिका दाजु प्रताप -०५५३३९३७७५) ले भने मेरो काकाको छोरी हो, के गर्ने ? म बल्क बनाउने कम्पनीमा काम गर्छु, भनेको बेला छुट्टी मिल्दैन ।

निकै चिन्तित हुदै उनले भने जे हुनु भयो बदनाम भयो तर पनि घरमा सबै जना निकै चिन्तित हुनुहुन्छ, बैनीलाई नेपाल पठाउन युएईमा रहेका संघ सस्था समक्ष सहयोगको निम्ति हार्दिक अनुरोध गर्दछु । यहां सामाजिक तथा व्यावहारिक कारणले गर्दा यूवतिको नाम गोप्य राखिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI