निर्मल अर्याल
नेदरल्याण्ड २४ मार्च । शरीरमा प्लेटलेट्स उत्पादन नहुने गम्भीर खालको रोगबाट पीडित राजधानीकी एक बालिकालाई नेदरल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । डिसीको उपचारको लागि अहिले मासिक २० हजार रुपैया खर्च हु“दै आएको छ । सरिता ९ वर्षको हु“दा उनमा लागेको यस्तो गम्भीर खालको रोगको पहिचान भएको थियो ।
मार्टियस् स्कुलमा कक्षा ३ मा पढ्ने बालिका सरिता डिसीलाई एन आर एन नेदरल्याण्डको पहलमा सहयोग स्वरुप ४६ हजार नगद उपलब्ध गराइएको हो । डिसीलाई उनकै निवासमा नेदरल्याण्डबाट आउनु भएका हरि बरालले सहयोग रकम हस्तान्तरण गर्नु भयाो ।
नेदरल्याण्डमा बस्दै आउनु भएका डिजे हिमाल गुरुङ, विकास गुरुङ, विष्णु बास्तोला, सन्दीप खनाल लगायतको पहलमा आर्थिक सहयोग जुटाइएको हो । एन आर एन नेदरल्याण्डको सहयोगप्रति डिसी परिवारले आभार व्यक्त गरेको छ । एन आर एन नेदरल्याण्डले विविध समस्या भोग्दै आएका नेपाली समाजका व्यक्ति तथा संस्थाहरुलाई लगातार आर्थिक सहयोग उपलब्ध गराउ“दै आएको छ ।
फोटो क्याप्सन–बालिका सरिता डिसीलाई सहयोग रकम हस्तान्तरण गर्दै हरि बराल