काठमाडौ, १० चैत्र / यस वर्षको मिस नेसनल क्विनको ताज काठमाडौंकी रजनी थापाले पहिरेकी छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिहीबार भएको प्रतियोगितामा १९ प्रतियोगी उछिन्दै उनी अब्बल दरिएकी हुन् । रजनीले उपाधिसँगै आउँदो महिना दक्षिण अमेरिकामा हुने मिस इन्टरनेसनल क्विन-२०१२ मा नेपालका तर्फबाट सहभागी हुने अवसर पाएकी छन् ।

विजेता रजनीलाई विभिन्न प्रशिक्षणपछि दक्षिण अमेरिकामा हुने मिस इन्टरनेसनल क्विनमा पठाउने आयोजक एभरेस्ट फेसन होमले जनाएको छ । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगिताको निणर्ायक मण्डलमा अभिनेत्री केकी अधिकारी, गायिका नलिना चित्रकार, व्यवसायी अलाई ग्लागर लगायत थिए । प्रतियोगिताको यो दोस्रो संस्करण हो । कान्तिपुर