latest

गजल I

Monday, March 11

/ by Admin BHOLA THAPA


कपिल ज्ञवाली “जिज्ञासु”

शहर पापी हो कि मान्छे ,पापी हुन्छन् शहरमा
आफ्नै दाहिने हातपनि ,घाती हुन्छन् शहरमा

गाँस चुड्यो गरीबी र हामी सोझा हुदांखेरी
हरामी र अगतिला ,जाती हुन्छन् शहरमा

प्रकृति र मिलानमा द्धिबिधा यो हुन्छ जब
मिठो मुख तर तिते ,पाती हुन्छन् शहरमा


ब्यर्थैं हुन्छन् जीवनहरु, देखासिकी गर्ने हुदां
सफा ज्यान हुनेहरु ,काती हुन्छन् शहरमा

मनखुसी नहुने भो जुगै भरी औंशि संगै
मध्य दिननी हाम्रा लागि ,राती हुन्छन् शहरमा

गजलगृह ,बुटवल – १४ ,रुपन्देही
Email :  kplgyawali3@gmail.com 

Don't Miss
© all rights reserved
made with by netKUTI