Responsive Ad Slot

latest

प्रधानमन्त्रीका प्रेस सहयोगी पत्रकार लामाछानेलाई बिदाई I

Tuesday, March 20

/ by Admin BHOLA THAPA
दिननाथ बराल,
पोखरा, ७ चैत्र । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईको प्रेस सहयोगीको रुपमा हालै मनोनित हुनु भएका पत्रकार प्रसान्त लामिछानेलाई सोमबार बिदाई गरीएको छ । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकीखबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक समेत रहनु भएका लामिछानेलाई गण्डकी मिडीया हाउसले सोमबार एक समारोहका बिच उहाँको कार्यसफलताको कामना गर्दे बिदाई गरेको हो ।


करीब ४ बर्षेखि गण्डकी खबरमा कार्यरत लामिछानेलाई प्रधानमन्त्रीको कार्यालयले प्रेस सहयोगीको रुपमा चयन गरेको हो । कार्यक्रममा प्रेस काउन्सीलका सदस्य माधव शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्री विनोद प्रतिक, गण्डकी मिडीया हाउसका अध्यक्ष लक्ष्मण गुरुङ लगायतले अविर तथा खादा लगाउदै लामिछानेलाई सफलत कामना गर्दै बिदाई गर्नु भएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI