
वासिक फरहान रुपकोथा नामका ती बालक आफ्नो विशेषज्ञतालाई माइक्रोसफ्ट तथा गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले मान्यता दिने आशामा छन् । वासिक दुइ वर्षको उमेर देखि कम्प्युटर चलाउन थालेका थिए । उमेरगत हिसाबले कम्प्युटरको विषयमा उनको ज्ञान तथा बुझ्ने क्षमता कल्पनै गर्न नसकिने खालको रहेको बताइन्छ ।
गएको जनवरीमा ६ वर्ष पुगेका वासिक मोर्डन वारफेयर तथा मेटल गियर सोलिड जस्ता कठीन तथा लोकपृय कम्प्युटर खेलमा पारंगत बनिसकेका छन् । उनले ३ वर्षको उमेरदेखि टाइपिङ गर्न सुरु गरेका र ४ वर्षको हुँदा गेम्स डाउनलोड गर्न सिकेका थिए ।
वासिककी आमा सिन्थिया फरहान रिसाले आफ्नो छोरा ७ महिनाको छँदादेखि नै कम्प्युटरमा खेल्न थालेको र उक्त कुराबाट आफुपनि आश्चर्यचकित भएको बताइन् । आफ्नो छोराको नाम गिनिज बुकमा लेखाउने आमा सिन्थियाको धोको छ ।
तथापि गिनिज बुकले पनि आफुले यस्तो प्रकारको विषयको अनुगमन नगर्ने र यस्तो कुनै रेकर्ड राख्ने नगरेको बताएको छ । आफ्नो छोरो भविष्यमा कम्प्युटर विज्ञानमा ठूलै मान्छे बन्ने भन्दै आमा सिन्थियाले छोराको शिक्षामा सहयोग गर्न बंगलादेशी सरकारसँग पनि आग्रह गरेकी छिन् ।