यो  त एउटा उदाहरण मात्र हो, तर आज नेपाली  सिनेमा भित्र कथाले मागेको भन्दै  छाडा प्रवृत्ति वढिरहेको छ । चलचित्रमा टङ  किस खानु र वेडसिनका दृश्य दिनु  सामान्य जस्तै भएको छ । नायिका जियाले  चलचित्रमा टङ किस खाएपछि  अनलाइनखवरसँग भनिन्, मैले यो चलचित्रमा ३ पटक  भन्दा वढि टङ किसको दृश्य  दिएको छु । अनि कति मिनेट सम्म टङ किस दिनुभएको छ  त भन्ने प्रश्नमा उनले  भनिन्, खाँदा खादै १० मिनेटसम्म खाईयो । चलचित्रमा  दृश्य दिनेक्रममा,  इमोशनमा आईयो र १० मिनेट भन्दा लामो भयो । तर, सेन्सर  वोर्डले यति लामो  दृश्य राख्न त नमान्ला, जिया आफै यो दृश्यमा वारेमा  भन्छिन् । यसरी,  नायिकाहरु खुलेयाम आफु चर्चामा आउनकै लागि यस्ता दृश्य  दिइरहेका छन्, र  भनिरहेका छन् मैले यति मिनेट किस गरे, यति मिनेटको वेड सिन  दिए । नेपाली  चलचित्रमा यस्ता दृश्य राख्न थालिएपछि, धेरैले भनेका छन्  नेपालमा अव  अश्लिल सिनेमा खुलेयाम वन्न धेरै समय लाग्दैन । कुनै पनि दृश्य दिएपछि नायिकाहरु भन्ने   गर्छन, कथाले माग्यो अनि दिए । अचम्मको छ यो कथा पनि , के-के माग्छ माग्छ ।   तर, नेपाली सिनेमा भित्र कुनै अश्लिल सिनेमाको दृश्य जस्तो लाग्ने गरी त   कुनै पनि कथाले माग्दैन होला । तर, यहाँ यस्तै हुन थालेको छ, कथाले माग्यो   भन्दैमा जे पनि गर्न मिल्छ र ? एक चलचित्रमा नायिका जिया के.सीको   वक्षस्थलमा कलाकार दिनेश थापाको हातले मज्जैले समातेको देखिन्छ । तर, यो   दृश्यमा न त नायिकालाई लज्जा वोध भएको देखिन्छ न त नायकले नै कुनै सकस   मानेका छन् ।
एउटा चलचित्रको  छायांकन स्थलमा नायकले  खुलेयाम नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल  सिनेमाको छायांकन हुन कति  समय लाग्ला र ? पछिल्ला समय वनेका दर्जन वढि  सिनेमा यस्तै कुराको पछि  लागिरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन  लागि परेका छन् । यसले नेपाली  चलचित्र सि ग्रेडमा पुगेको भान हुनसक्छ ।  चलचित्रमा दृश्य दिएर हिट भइन्छ  भन्ने नायिकाहरुले सोचेका हुन् पनि यो  उनीहरुको दिवा स्वप्न मात्र हो ।  किनकी, यस्ता किसिमका दृश्यले कुनै पनि  सिनेमाको मात्र होईन कलाकारको पनि  ग्रेड छुट्टाउँछ । यसवारेमा कलाकारले  पनि ध्यान दिनुपर्दछ । कुनै पनि देशमा  यस्ता किसिमका दृश्य दिने कलाकार  चर्चित भएका र लामो समयसम्म टिकेका  देखिदैन । यसैले, पनि नायिका नङ्ग्याएर  सिनेमा चल्छ भन्ने सोच कसैले पनि  नराखौ अनि यस्ता किसिमका दृश्यमा अभिनय  गरेर आफु हिट भइन्छ भन्ने सोच पनि  नायिकाहरुले राख्नु गलत हो । यसवारेमा  अव चलचित्र सेन्सर वोर्ड पनि सजग  हुनु जरुरी छ ।
सेन्सर  वोर्डले चलचित्रको सेन्सर गर्दा  यस्ता सिनेमा भित्र खवरदारी गर्नु आवश्यक  छ । किनकी, सिनेमामा यस्ता दृश्य  आवश्य त होला, तर कथा वगेको अनुसार र  यसले कुनै सन्देश दिन्छ भने मात्र ।  केही वर्ष अघि सम्म पनि नायिकाहरु टङ  किस खान लजाउथे अनि खाईहाले भने पनि  दुइ ओठ मात्र जोडेको पाईन्थ्यो । तर,  अहिले त यहा वास्तविक रुपमा नै नायक  तथा नायिका मज्जैले  किस खाईरहेका छन्  । जुन, एउटा वन्द कोठाभित्र  हुनसक्ला, सिनेमाको पर्दाभित्र भद्दा हो ।  यसैले, सिनेमा क्षेत्रमा आफ्नो  व्यापार गर्नकै लागी अश्लिलता भित्राउन  पाईदैन । यो वारेमा सवैले सजग हुनु  जरुरी छ ।