Responsive Ad Slot

latest

Sunday, April 29

/ by Admin BHOLA THAPA
सेनाको संरचना परिवर्तन गर्नुपर्ने प्रधानसेनापतिको भनाई ।

काठमान्डौ बैसाख १७ गते । प्रधानसेनापति छत्रमानसिंह गरुङले नेपाली सेनाको संरचना परम्परावादी भएकाले त्यसलाई पुनर्संरचना गर्नुपर्ने बताउनु भएको छ ।  ४७ वर्षघिको सैनिक संरचना काम नलाग्ने भएको भन्दै सेनापति गुरुङले पुनर्संरचना गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाली सेनाको पुनर्संरचनाबारे जानकारी लिन राज्य व्यवस्था समितिमा बोलाइएका प्रधासेनापतिले पुरानो संरचनालाई बदल्न ढिला भइसकेको समेत टिप्पणी गर्नुभयो । गुरुङले सेनाको टास्कफोर्से लामो समय अध्ययन गरेर एक वर्षघि नै दरबन्दी थप्न प्रस्ताव गरेको जानकारी दिनुभयो ।

 बैठकमा उपस्थित उपप्रधान एवं रक्षामन्त्री विजयकुमार गच्छदारले सेनालाई पनि समावेशी चरित्रको बनाउने संगठनात्मक संरचना हेरफेरबारे छलफल भइरहेको जानकारी दिनुभयो ।  सभासदहरुले सेनाको चरित्र लोकतान्त्रिक र समावेसी बनाउनुपर्ने राय राखेका थिए ।  सेनाको प्रस्तावबारे थप छलफल गर्नु भएकाले आजको बैठक स्थगित गरिएको समितिका सभापति रामनाथ ढकालले जानकारी दिएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI