तनहुँ १९ चैत । तनहुँको वरभञ्ज्याङ गाविस –१ महिबल पोखरीथोकी एक महिलाले गएराति आफ्नै घरको धुरीको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । गएराती १२ वजेको समयमा ५२ वर्षिया चिनमाया विकले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
सो आत्महत्याका बारेमा अनुसन्धान भैरहेको र पोष्टमार्टमका लागि लाश दमौली लगिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरिक्षक देवि प्रसाद पौडेलले जानकारी दिनुभयो ।