दोहा (कतार) , २० चैत । कतारका लागि प्रस्तावित राजदुत डा। मायाकुमारी शर्मालाई कतार सरकारले एग्रिमो दिएको छ । कतारको विदेश मन्त्रालयबाट अग्रिमो आएर आईतवार परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दुतावास कतारले जनाएको छ ।
अर्थशास्त्रमा विद्याबारिधी ५० वर्षीया डा। शर्मा कृषि विकास बैंक चितवनका अधिकृतमा कार्यरत छिन् । चार वर्षे कार्यकाल पुरा गरेर राजदुत डा। सुर्यनाथ मिश्र डेढ महिना अघि स्वेदेश फर्किएपछि अब शर्मा नियुक्त हुने छन् । हाल कार्यवहाक राजदुतको जिम्मेवारी द्वितिय सचिव जयबहादुर राईले लिएका छन् ।

यसैवीच, नेपालका लागि कतारका राजदुतमा अहमद जासिम अल हमरलाई पनि नेपालले अग्रिमो दिइसकेको छ । कतारका पहिलो पटक राजदुत प्रस्तावित गरी नेपालमा आफ्नो दुतावास खोल्न लागेको छ ।
नेपालमा कतारको आवासीय राजदुतमा उनी पहिलो हुने छन् । हाल नेपाललाई दिल्लीस्थित कतारको दुतावासले हेर्दै आएको छ । दिल्लीस्थित कतार राजदुत नेपालका लागि कतार गैह्रआवासीय राजदुत हुन् ।
दुतावासका अनुसार ६६ वर्षीय हमर हाल कतारको परारष्ट्र मन्त्रालयमा मन्त्री स्तरीय मिनिष्टर प्लेनी पोटेन्सीयलटीमा हुन् । उनले कतारको सरकारी समाचार समिति कतार न्युज एजेन्सीमा ३८ वर्ष निर्देशक तथा प्रधान सम्पादक भएर काम गरेका थिए ।
राष्ट्रपति रामबरण यादव कतारको औपचारिक भ्रमणमा आएको बेला अशोजमा यहाँका अमिर (राजा)शेख हमाद बीन खलिफा अलथानीबीच भेटवार्ता हुँदा अमिरले नेपालमा दुतावास खोल्ने बताएका थिए । नेपालमा दुतावास सञ्चालनका लागि कतारले राजदुतमा हमरको नाम प्रस्ताव गरेर पठाएको हो ।
समाचार श्रोत : दिनेश रेग्मी /ईकान्तिपुर डट कम