काठमाडौं, ३१ बैशाख: कांग्रेसले दुई महत्वपूर्ण विवादित विषय  संघीयता र शासकीय स्वरुपमा मतदान नगर्न प्रस्ताव गरेको छ ।
संवैधानिक समितिको आइतबारको बैठकमा कांग्रेस 
सभासद विमलेन्द्र निधिले संघीयता र शासकीय स्वरुप जटिल विषय भएकाले सहमतिमै
 टुग्याउनुपर्न प्रस्ताव गरेका हुन् ।
‘यर्ता गम्भीर विषयमा सहमतिमै जाँदा उचित हुन्छ भन्ने हाम्रो प्रस्ताव  हो,’ निधिले भने । 
विवाद समाधान उपसमितिले संवैधानिक समितिमा 
पठाएका विवादित विषयको प्रश्नावली सूचिमा शासन प्रणालीका पनि बुदा 
समेटिएपछि निधिले यस्तो प्रस्ताव गरेका हुन् ।
 
 
