Responsive Ad Slot

latest

डलर थोरै घट्यो

Tuesday, May 22

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ९  
( तनहुँखबर  )- नेपाली रुपैयाँभन्दा वलियो हुँदै गएको अमेरिकी डलरको मूल्य सोमबार केही घटेको छ। शनिवार र आइतबार ८८ रुपैयाँ तिर्दा १ डलर पाइनेमा सोमबार ८७ रुपैयाँ ६१ पैसामा झरेको छ।
गत साता डर ८६ देखि ८७ रुपैयाँको बीचमा थियो। डलरसँग भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तिन्छ। भारतीयसँग नेपाली रुपैयाँको स्थीर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तिने गरेको हो। डलर वलियो हुँदा सरकारले तिर्नु पर्ने वाह्यि ऋणको भार वढी हुन्छ। आयात गरिने वस्तुको मूल्य पनि महँगो पर्छ। तर विदेशमा काम गर्ने नेपाली र विद्याथीलाई वढेको डलरको मूल्यले फाइदा पुर्‍याउँछ।
एक महिनाअघि डलरको मूल्य ८४ रुपैयाँ ३१ पैसा मात्र थियो। तीन साताअघि ८४ रुपैयाँ ९५ पैसाबाट वढ्न थालेको मूल्य गत सोमबार अहिलेसम्मकै महँगो ८८ रुपैयाँ पुगेको थियो
Don't Miss
© all rights reserved
made with by netKUTI