Responsive Ad Slot

latest

गुणस्तर बढाउन विद्यालय 'मर्ज'

Tuesday, May 22

/ by Admin BHOLA THAPA
सिन्धुपाल्चोक, जेठ ९  
 (तनहुँखबर )- सरकारी साधन स्रोत एकिकृत गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न जिल्ला शिक्षा कार्यालयले विद्यालय 'मर्ज' (गाभ्ने) अभियान सञ्चालन गरेको छ। सातादेखि सञ्चालित अभियानबाट चार विद्यालय मर्ज भइसकेका छन्।
तत्काल थप चार विद्यालय मर्जको प्रक्रियामा आइसकेको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले बताए। 'सिमिति सरकारी स्रोत, साधन एकीकृत गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न अभियान चलाएका हौं,' उनले नागरिकसँग भने।
कम विद्यार्थी संख्या र छोटो दुरीमा रहेका विद्यालय आपसमा गाभेर एउटै बनाउने नीति शिक्षा कार्यालयले लिएको हो। अभियान अन्तर्गत पहिलो पटक साँगाचोक र राम्चे गाविसका दुई/दुई विद्यालय आपसमा गाभिएका हुन्। साँगाचोकका जनविकास मावि र जनप्रभात प्रावि तथा राम्चेका सरस्वती मावि र शान्ति प्रावि गाभिएका छन्। दुबै प्रावि माविमा मर्ज भएका छन्। तल्लो तहको विद्यालय माथिल्लो तहसँग गाभिने नीति छ।
विद्यालय मर्जबाट दरबन्दी मिलानमा सहयोग पुग्ने शिक्षा कार्यालयको विश्वास छ। धेरै विद्यार्थी भएको विद्यालयमा जनशक्ति कम र थोरै विद्यार्थीमा धेरै भएपछि कार्यालयले अभियानलाई विकल्पको रुपमा लिएको हो। 'यसबाट दरबन्दी मिलान हुने र असमान दरबन्दीको स्थिति पत्ता लगाइ समान बनाउन सघाउने अपेक्षा छ,' जिशिअ गौतमले भने। सामान्यतय एक शिक्षक बराबर ४० विद्यार्थी हुनुपर्ने व्यवस्था छ। जिल्लामा भने औसतमा शिक्ष विद्यार्थी अनुमात ४२ छ। निमावि तहमा सबैभन्दा बढी प्रतिशिक्षकको भागमा ५६ जना विद्यार्थी पर्न आउँछन्।
विद्यालय मर्जको आवश्यकताबारे समुदायलाई उत्प्रेरित गर्ने र उनीहरुको चाहाना अनुरुप मात्रै प्रक्रिया अघि बढाउन कार्यालयले जोड दिएको छ। मर्जका लागि समुदाय र विद्यालयलाई नै उत्साही बनाउन चाहेको बताउँदै उनले भने, 'यसलाई सकारात्मक लिंदै समुदाय नै मर्जका लागि उत्साही भएर आउन थालेका छन्।' आपसमा गाभिन चाहाने सम्वन्धित विद्यालयले व्यवस्थापन समितिको निर्णयसहित शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ।
ठूलोधादिङका चार विद्यालयले मर्जका लागि माग गरेपछि आवश्यक प्रक्रियाअघि बढाएको शिक्षा कार्यालयले जनाएको छ। यी चार विद्यालय गाभिएर दुई वटा हुनेछन्। फूलिपिङकोट लगायत केही गाविसमा विद्यालय मर्जको आवश्यकता कार्यालयले देखेको छ। जिशिअ गौतमका अनुसार विद्यालय-विद्यार्थीबीचको दुरी आधा घण्टाको हुनुपर्ने व्यवस्था छ। यो दूरीमा दुई विद्यालयसमेत रहेकाले उपलब्ध स्रोत साधनको समुचित प्रयोग गर्न तिन्लाई एकै ठाउँमा गाभ्न थालिएको हो।
Don't Miss
© all rights reserved
made with by netKUTI