सिन्धुली, जेष्ठ २४
सिन्धुलीहिजो साँझ आएको हावाहुरीले
सिन्धुलीको महादेवस्थान ४ डालडाँडामा रहेको अन्नपूर्ण प्रावि विद्यालयको
छानो उढाउँदा एक लाख बराबरको क्षति भएको छ । छानो उढाएपछि कोराहरु झर्दा
स्कुलको दराज फुटेर महत्वपूर्ण कागजातहरु पानीले भिजाएको र जिल्ला शिक्षा
कार्यालय सिन्धुलीबाट शौचालय बनाउन प्राप्त भएको सिमेन्ट पनि पानीले पूर्ण
रुपमा भिजाएको शिक्षक टीकाराम थिङले जानकारी दिनुभयो । त्यस्तै हिजो साँझ
नै आएको हावाहुरीले अमले सुकाचुरीमा १५ ओटा गोठहरुको छानो उढाएको
हिराकुमारी व्लोनले जानकारी दिनुभयो । हावाहुरीले घोगा लागिसकेको खेतबारीको
मकैहरु पूर्ण रुपमा ढालेपछि किसानहरुसमेत निक्कै चिन्तित बनेका छन् ।