latest

गजल।

Monday, June 4

/ by Admin BHOLA THAPA



  राजु मुखिया

जात्जातिको आधारमा, युद्द चल्न थाल्यो अरे,
क्षत्रि ,बाहुन, राई भोटे, लड्दै ढल्न थाल्यो अरे

कस्ले छर्यो बिष यहाँ, हाम्रो सानो फूल्बारीमा,
सदभाबको फूल छोडी, रिस फल्न थाल्यो अरे

रगत को होलि चल्दा, मेरो देशमा हिजोआज,
मातृ भूमि रुँदा खेरि, माटो गल्न थाल्यो अरे

गोर्खालीको छोरो हामी, बैरी संग लड्न छोडी,
दाजुभाई लड्दा माको, मुटु जल्न थाल्यो अरे

हिँजो सम्म हातेमालो, गर्दै जिउँथे सबै जाती,
आज सब्को मनभरी, आगो बल्न थाल्यो अरे
हाल-दोहा, कतार


Don't Miss
© all rights reserved
made with by netKUTI