Responsive Ad Slot

latest

लमजुङमा भत्ता वितरणमा ढिलाई ।।

Wednesday, June 27

/ by Admin BHOLA THAPA
जिल्ला विकास समिति लमजुङले सामाजिक सुरक्षा अन्तर्गतको भत्ता जिल्लाका ६१ वटै गाविसमा निकासा दिए पनि भत्ता वितरणमा भने ढिलाई भएको छ । गाविस सचिव तथा अध्यक्षले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरेका हुन् । ६० बर्ष मुनिका एकल विधवा महिलालाई १० महिनाको र अन्यलाई छ महिनाको सामाजिक सुरक्षा भत्ता जेठ महिना भित्रै वितरण गरिसक्ने जिविसले जनाएको थियो । तर गाविस सचिवले वितरणमा ढिलाई गरेपछि आर्थिक बर्षको अन्त्य तिर आईसक्दा समेत लक्षित व्यक्तिहरुले भत्ता पाउन सकेका छ्रनन् । हाल सम्म करापु, मालिङ, तार्कु, चण्डिस्थान लगायतका गाविसले मात्र सुरक्षा भत्ता वितरण गरेको जिविसले जनाएको छ । लमजुङमा अहिले जेष्ठ नागरिक ८ हजार एक सय ३ जना, दलित जेष्ठ नागरिक २ हजार ३ सय ६२ जना, एकल महिला २ हजार ५ सय ९६ जना, ६० बर्ष मुनिका एकल विधवा महिला २ हजार ४ सय ३५ जना, पुर्ण अपाङ्ग १ सय ८२, आँशिक अपाङ्ग ७१ जना र बालबालिका ३ हजार २ सय २९ जना गरी १८ हजार ९ सय ७९ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदैछ । एकल विधवा महिलाका लागी १ करोड २१ लाख७५ हजार रुपैयाँ सहित ५ करोड ४४ लाख ६५ हजार ८ सय ८६ रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागी जिविसले निकासा दिईसकेको लमजुङ्ग सहकर्मी रामजी रानाले जनाएका छन् । β
Don't Miss
© all rights reserved
made with by netKUTI