जेष्ठ २१
काठमान्डौ वार्सिलोना एसएलसी प्रिन्सेज २०१२ को आन्तरीक प्रतिभा “ट्यालेन्ट सो” सम्पन्न भएको छ । काठमान्डौका विभिन्न स्कुलहरुवाट एस.एल.सि दिएर वसेका छात्राहरुवाट करिब ६० जना भन्दा वढिको आवेदनवाट छनिएका ४३ प्रतियोगीहरुले आ-आफ्नो कला प्रस्तुत गरेकाछन्।
असार ९ गते शनिवार नाचघर जमलमा प्रतियोगीहरुको अन्तीम प्रतियोगीता हुने छ भने प्रतियोगिताका विजेताले एसएलसी प्रिन्सेजको ताज र उपाधि सहित ल्यापटप, मोवाइलफोन र प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा प्सटु शिक्षामा फुल स्कलरसीपमा पढ्न पाउनुका साथै अन्य गिफ्टहयाम्परहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः मिनि ल्यापटप मोवाइलफोन र प्सटुमा २ वर्षको फुल स्कलरसीपमा पढ्नपाउने र अन्य गिफ्टहयाम्परहरु प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ । साथै सहभागी सम्पूर्ण एस एल सि उर्तिण प्रतियोगीहरुलाई विभिन्न कलेजहरुमा छात्रावृदिको व्यवस्था साथै विषेश छुटको व्यवस्था गरीने छ ।
