दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, असार १८ –प्रहरी हिरासतमा रहेका
आफ्ना भाईलाई भनसुन गरी छुटाउन गएका पर्वत नाङ्गलीबाङ्गका एक युवा आफै जेल
परेका छन् । फरार अभियुक्तको सूचीमा रहेका नाङ्गलिबाङ्ग गाबिस वडा नं ९ का
राजकुमार केसी आफ्ना भाई भुवनलाई छुटाउन प्रहरी कार्यालय पुगेका बेला
प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।
केसीलाई नाङ्गलीबाङ्ग गाबिस, ९ कै मदन विकलाई २०६४ सालमा खुकुरी प्रहार
गरी घाइते बनाएको अभियोग थियो । त्यतिबेला फरार रहेका केसी आफै प्रहरी
कार्यालयमा आएका बेला पक्राउ गरी मुद्दा चलाएको प्रहरी सहायक निरीक्षक टिका
पोखरेलले बताउनुभयो ।
त्यसै अभियोगको आधारमा जिल्ला प्रशासन कार्यालयले उनलाई असार १५ गते
सार्वजनिक अपराध मुद्दामा १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । प्रशासनले
तोकेको जरिवाना तिर्न नसकेपछि असार १६ गते केसी जेल चलान भएका जिल्ला
प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
राजकुमार मदिरा सेवन गरी सवारी साधन तोडफोड गरेपछि पक्राउ परेका भाइलाई छुटाउन प्रहरीमा पुगेका थिए ।
राजकुमार मदिरा सेवन गरी सवारी साधन तोडफोड गरेपछि पक्राउ परेका भाइलाई छुटाउन प्रहरीमा पुगेका थिए ।