बुधबल गुरुङ
दोहा, - कतारवासी तमूहरूको साझा संस्था तमू समाज कतारले भलिबल खेलाडिहरूलाई अगष्ट २३ मा एक कार्यक्रमबीच कदर पत्रसहित सम्मान गरेको छ । तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समिति अन्तरगतका खेलाडीहरूले मुस्लिम धर्मालम्बीहरूको पर्व इद अल फित्रको अवसरमा पाल्पाली सेवा समाज कतारले आयोजना गरेको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेकाले तमू खेलाडी टिमले नगद कतारी रियल दुई हजार एक सय (नेपाली रुपैया ५० हजारभन्दा बढी), ट्रफी र सबै खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् । तमु समाज कतारका अध्यक्ष विमल तमूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी गैर आवासिय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष अमृत तमू हुनुहुन्थ्यो । अध्यक्ष अमृत तमूले यसरी बधाई कार्यक्रमको आयोजना गरेर खेलाडी साथीहरूको सम्मान गरी हौसला प्रदान गरेकोमा तमू समाज कतारलाई धन्यवाद दिनुभएको थियो ।
राष्ट्रको नाम उचो राख्ने कार्यमा तमू समाज कतारले हरेक क्षेत्रबाट, सधैं अग्रणी भूमिका खेलिरहेको बताउनुभयो । खेलकुदको क्षेत्रमा पनि तमू खेलकुद समिति कतारका साथीहरू एक दमै सक्रिय रहेको र भविष्यमा पनि यस्तै सक्रियता निरन्तर रहनेमा आफू विश्वस्त रहेको र आवश्यक परेको अवस्थामा एनआरएनए कतारले सक्दो सहयोग गर्ने पनि बताउनुभयो । सन् २००८ मा स्थापना भएको तमू खेलकुद समिति कतारले सोही वर्ष कतारमा बृहत् खेलकुद मेला सम्पन्न गरेको थियो ।
अहिलेसम्म कतारमा नेपाली समुदायमा खेलकुद मेला नै सम्भवत सबैभन्दा ठूलो प्रतियोगिता थियो । विगतका वर्षहरूमा पनि खेलकुद क्षेत्रमा यस समितिका खेलाडीहरूले सफलता प्राप्त गरेका थिए । तमू समाज कतारको संरक्षकत्वमा स्थापित शाखा संस्थाहरू तमू सॉस्कृतिक परिवार, तमु खेलकुद समिति, पे तॉ लु तॉ समिति, पुर्वाञ्चल सम्पर्क समिति, पश्चिमाञ्चल सम्पर्क समितिका पदाधिकारीहरू सल्लाहकार समितिका सदस्यहरू लगायत कतारवासी तमूहरूको उल्लेखनीय रुपमा उपस्थित भएका थिए भने खेलाडीहरूको सम्मानमा रात्रीभोजको समेत आयोजना गरिएको थियो
।