गणेश वानिया – दोहा ,कतार


नेपाली पञ्चेवाजामा इथियोपियन, इन्डियन , श्रीलंकन नागरिकहरु समेत कार्यक्रममै उपस्थीत भएर संगै नृत्य गरेका थिए । सन्तोष खाँडको मैनबत्ति नृत्यले दर्शकहरुको मन छोएको थियो भने कलाकारहरुले दोहोरी गित मार्फत साँगितिक माहोललाई तताएका थिए ।

युवा स्वयंसेवक बिभागका संयोजक लाल ब भट्टको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई युबा स्वयंसेबक बिभागका राजेन्द्र देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अन्य अतिथिहरुमा प्रवासी युवा सेवा समाजका अध्यक्ष छम परियार, चितवन सेवा समाजका अध्यक्ष प्रेम परियार, मिलीजुली सहकारीका बिसु परियार, नेपाली जनप्रगतिशील मञ्चका सल्लाहकारहरु रकमध्वज राई, गणेश वानिया, निमलाल कुमाल तथा नेपाली जनप्रगतिशील मञ्चका केन्द्रिय पदाधिकारी, दलित बिभागका कृष्ण परियार,महिला बिभागका संयोजक रोजीना बास्तोला, खेलकुद बिभागका दिल भट्टराई, मधेस तथा मुस्लिम बिभागका जिवछ महतो रहनु भएको थियो । कार्यक्रमलाई नेपाली जनप्रगतिशील मञ्चको मातहतमा रहेको प्रवास दलित एकता संगठन, महिला बिभाग तथा साँस्कृतिक बिभागले सहयोग गरेका थिए ।