इलाम, भदौ ६ गते । नेपाली कांग्रेसका सभापति शुसिल कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार नबनेसम्म अरु कुनै कुरामा सहमति नहुने बताउनु भएको छ । एकीकृत नेकपा माओवादीको हठका कारण तत्काल सहमति हुन नसकेको उहाले आरोप लगाउनु भयो ।प्रेस युनियन इलामले आज गरेको पत्रकार सम्मेलनमा कोइरालाले एकिकृत नेकपा माओबादी सहमतिको बाधक बनेका कारण राजनिति संकट गहिरीएको दाबी गर्नुभयो । बर्तमान सरकारले तत्काल राजिनामा दिएर काँग्रेसको नेतृत्बमा राष्ट्रिय सहमतिको सरकार नहुन्जेलसम्म देशमा कुनै निकास नआउने जिकीर गार्नुभयो ।
एकीकृत नेकपा माओवादी र सत्तामा रहेका अन्य दलहरुको इच्छा र रहरमा मात्र सत्तामा टिकिरहन नसक्ने पनि उहाले दाबि गर्नुभयो । नेपाली काँग्रेसको नगर अधिवेशनको उद्घाटनका क्रममा इलाम पुग्नुभएका कोइरालालले नेपाली काँग्रेसलाई सङ्घीयता विरोधी भन्नु मूर्खता भएको टिप्पणी गर्नुभयो ।
पत्रकार सम्मेलनमा उहाँले पार्टिभित्र सामान्य बिबाद भए पनि बाहिर मात्रै ठूलो हल्ला फिजाइएको स्पष्ट पार्नुभयो ।