latest

राप्रपा तनहुँको अध्यक्षमा इमबहादुर के.सी. निर्विरोध

Sunday, January 4

/ by Admin BHOLA THAPA

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको नवौँ जिल्ला अधिवेशनबाट इमबहादुर के.सी. जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष विनोद घर्ति र के.सी.ले उम्मेदवारी दर्ता गराएका थिए। तर घर्तिले उम्मेदवारी फिर्ता लिएपछि के.सी. निर्विरोध चयन भएका हुन्।

अध्यक्षमा निर्वाचित के.सी.ले पार्टीका नेता तथा कार्यकर्ताको भावना अनुरूप संगठनलाई बलियो बनाउँदै पार्टी हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








Don't Miss
© all rights reserved
made with by netKUTI