काठमाडौ, पुस २५ - फिल्मको शीर्षक नै मस्ती । कथावस्तुमा मस्ती नहुने कुरै भएन । यसका निर्देशक मदन घिमिरेले पनि फिल्मलाई पूरा मनोरञ्जन दिने फन्नी बताए । 'तर यसमा इमोसन पनि छ, एक्सन पनि छ,' उनले भने, 'जे होस्, मस्ती गर्दाको नतिजा फिल्मले देखाउन खोजेको छ ।'
शुक्रबारदेखि राजधानीमा लाग्दै गरेको फिल्म 'मस्ती' का लागि समय भने मस्तीको रहनेछैन । उक्त फिल्मले सोही मितिमा रिलिज हुने अन्य दुई फिल्म 'लुट' र 'बजार' सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
निखिल उप्रेती, दिनेश थापा, जेनीशा केसी, मदनदास श्रेष्ठ, सुरवीर पण्डित लगायतको अभिनय रहेको 'मस्ती' मा महेश खड्का र सन्तोष प्रगाढको संगीत रहेको छ । यसमा राम/जनकले द्वन्द्व निर्देशन गरेका हुन् भने नृत्य निर्देशन दिनेश पाखि्रन र शिव शर्माको ।
Source ekantipur.com