Responsive Ad Slot

latest

नेपालगञ्ज उद्योग वाणिज्य संघले ब्यापार मेला गर्ने I

Monday, January 9

/ by Admin BHOLA THAPA


कोहलपुर, पुस २५ गते ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले आगामी माघ २७ गतेदेखि फागुन ९ गते सम्म नेपालगञ्जमा औधोगिक ब्यापार मेला गर्ने भएको छ । तिन बर्ष पछि संघले मध्यपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा बाँके पर्यटन महोत्सव २०६८ संचालन गर्न लागेको जनाएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य संघले मेलाको बिषयमा जानकारी दिएको हो ।

कारकाँदोस्थित सडक बिभागको परिसरमा रहेको प्रर्दशनी स्थलमा मेला आयोजना हुनेछ । मेलामा नेपाल,भारत, पाकिस्तान र चिनका जडिबुटि कृषी लगाएतका करिब २ सय बढि स्टल रहने जनाएको छ । राष्ट्रिय उद्योग ब्यबसायको पर्वद्धन गर्दै राष्टिय अर्थतन्त्रको बिकासमा टेवा पु¥याउन महोत्सव गर्न लागिएको संघका महासचिव एवं महोत्सव मुल समितिका सदस्य सचिव श्याम कुमार शर्माले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI