काठमाण्डौं, पुस २५ गते ।
राजधानीका नदि किनारमा वसोवास गरेका सुकुम्वासीलाई हटाउने सरकारी निर्णयको विरोधमा सुकुम्वासीहरुले जागरण अभियान थालेका छन् । हिजोदेखि उपत्यकाका ६६ वस्तीमा उनीहरूले जन जागरण अभियान सुरूगरेका हुन् । सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष पदम देबकोटाले आफुहरू २००४ सालदेखि राजधानीमा बसोबास गर्दै आएका कारण सुकुम्बासीहरूको हक हधिकारका बारेमा जनतालाई सचेत बनाउ जनजागरण अभियान थालेको बताउनु भयो ।
सरकारले सुकुम्बासीहरूलाई कुनै बैकल्पीक व्यवस्था विनानै हटाउने प्रयास गर्छ भने त्यसको परिणाम राम्रो नहुने उहाँको भनाई थियो । अध्यक्ष देवकोटाले भट्टराई सरकारले सुकुम्बासीहरूको माग सम्बोधन गर्न नसके तत्काल राजीनामा दिनु पर्ने धारणा राख्नु भयो । सरकारले सुकुम्बासीहरूका कारण सहर फोहोर भएको भन्दै, नदिकिनारामा बसोबास गर्दै आएका सुकुम्बासी हटाएर सुन्दर सहर बनाउने लक्ष्यका साथ सुकुम्बासी हटाउने लक्ष्य राखेको छ ।