नारायण सापकोटा
चितबन , पुस २५ गते ।
भुमिहिनहरुलाई बैक्लपिक बासस्थानको ब्यबस्था गरीनु पर्ने र समयमानै संबिधान जारी बैज्ञानिक भुमी सुधार ऐन लागु गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल गा“उ कमिटी गैडाकोटले आज गैडाकोटमा आयोजना गरेको आमसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
आमसभाका प्रमुख अतिथी रहनु भएका राष्ट्रिय भुमी अधिकार मञ्च जिल्ला कमिटी नवलपरासीका अध्यक्ष प्रभु कुमार बोहराले नेपालमा पटक पटक भुमि सुधार आयोग बनेपनि बास्तबिक भुमीहिनहरुलाई संम्बोधन गर्न नसकेको बताउनु भयो । समयमै संबिधान जारी गरी बैज्ञानिक भुमि सुधार सम्बन्धि कानुन लागु नगरे भुमिहिनहरु आन्दोलनमा उत्रने समेत चेताबनि दिनु भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी गैडाकोटका प्रतिनिधि उदिप राना मगर ,महिला अधिकार मञ्च नवलपरासीका सदस्य मायादेबि ठकुरी ,गैडाकोट गा“उ सुधार समितीका अध्यक्ष नारायण रिमाल,लगायतले मन्तब्य ब्यक्त गर्नु भएको सभा संस्थाका अध्यक्ष मित्रलाल बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।