नारायण सापकोटा
चितबन ,पुस २५ गते ।
चितवनको माडि अयोध्यापुरी –९ कुसुमखोलामा एक जनाको चिसोका कारण मृत्यु भएको छ । मृत्यू हुनेमा ४१ बर्षका गणेश वहादुर चेपाड्ड रहेको स्थानिय शिक्षक टेकनाथ काफ्ले जानकारी दिनुभयो । चिसोका कारण कठाङ्ग्रिएका चेपाड्डको उपचारार्थ अयोध्यापुरीस्थीत विवेक मेडिकल खर्कट्टा ल्याउ“दै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
चितवनमा पछिल्लो समय विहान बेलुका अत्यधिक चिसो बढेको छ । चिसोका कारण विपन्न समुदायका मानीसहरु बढी प्रभावित भएका छन् ।