Responsive Ad Slot

latest

को बन्ला हिट प्रोड्युसर ? I

Wednesday, January 25

/ by Admin BHOLA THAPA
काठमाडौं माघ ११ ,
हिट निर्माता बन्ने दौडमा यतिबेला दुई प्रोड्युसरबीच निकै घम्साघम्सी छ । उनीहरू कसले आफ्नो सिनेमालाई हिट बनाउने भनेर दन्तबजान गरिरहेका छन् । यस्तो वाकयुद्ध ‘लूट’ निर्माता माधव वाग्ले र ‘साथी म तिम्रो’ निर्माता भुवन केसीबीच देखिएको हो । ‘फस्टलभ’ हिट भएलगत्तै भुवनले दुइटा फिल्म हिट बनाएर देखाउन वाग्लेलाई चुनौति दिएका थिए ।

madhav_wagle_in1_400
भुवनले ‘दुईवटा फिल्म हिट भएमात्र हिट प्रोड्युसर’ हुने भन्दै वाग्लेलाई च्यालेन्ज गरेका थिए । वाग्लेले दोस्रो सिनेमालाई पनि हिट बनाएर देखाइदिने जवाफ दिएका थिए । तर, यो च्यालेन्जको विवाद लम्बिएको छ । ‘लूट’ पहिलो सातामै हिट बनेपछि वाग्लेले ‘साथी म तिम्रो’ हिट बनाएर देखाउन भुवनलाई अर्को चुनौति दिएका छन् । प्रतिष्ठाको पहिलो लडाई भुवनले हारिसकेपनि, दोस्रो लडाइँमा उनी कत्तिको सफल हुन्छन् भन्नेतिर सबैको ध्यान गएको छ ।
 
bhuwan_kc_in2_400
‘साथी म तिम्रो’ रिलिजको संघारमा छ । ‘लूट’ डेढकरोड ग्रससहित प्रदर्शनरत छ । भुवन आफ्नो सिनेमालाई हिट बनाएर देखाउन न्वारनैदेखिको शक्ति प्रयोग गरिरहेका छन् । पत्नीसँग डिभोर्सको पीडा खेपिरहेका उनी यतिबेला एक्लै सिनेमा पब्लिसिटीमा छन् । चुनौतिको यो वाकयुद्धमा वाग्ले त सफल भए तर, भुवन हुन्छन् कि हुँदैनन् ? या आफ्नो च्यालेन्ज आफ्नै लागि घाँडो बन्छ ? सिनेमा रिलिजसम्म कुर्नैपर्छ ।

मेरोसिनेमा


Don't Miss
© all rights reserved
made with by netKUTI