फेसवुकमा चल्दै छ सवाल जवाफ, अर्को भेला फेव्रुअरी १० मा
तनहुँ खबर डटकम संवाददाता
दोहा– एनआरएनए एनसीसी कतारको प्रथम परिषद भेला परिषद सदस्यहरुको गणपुरक संख्या नपुगेर स्थगित भएको छ । विधान अनुसार ५१ प्रतिशत परिषद सदस्यहरुको उपस्थिति हुनुपर्ने हुनुपर्नेमा गणपुरक संस्था नपुगेपछि स्थगित भएको हो ।
परिषद भेला विधिवत् रुपमा शुरु गर्न र संचालन गर्न महासचिवले अनुमति माग्दा परिषद सदस्यहरुले आपत्ति जनाउदै कोरम नपुगेको हुदा भेला स्थगित गर्न माग राखेका थिए । परिषद सदस्य शिखर वैद्य, तिलविक्रम थेबे, विनेश तामाङ्ग लगायतले विधान सम्मत् भेला स्थगित गर्न माग गर्दा हलमा उपस्थित परिषद सदस्यहरुले समर्थन गरेका थिए ।
परिषदको भेलाको लागि आवश्यक पर्ने गणपुरक संख्याको विषयमा छलफल गरेर कतारको परिस्थितीमा र परिषद सदस्यहरुको कामको अवस्था, समयलाई ध्यानमा राखेर विधानमा आवश्यक शंसोधन गर्न सदस्यहरुले राय दिएका छन् ।
भेलाको अवसरमा कतारबाट आईसीसीमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि राखिएको थियो । भेला स्थगित भएपछि बधाई
कार्यक्रम पनि स्थगित भएको छ । अर्को भेला फेव्रुअरी १० मा हुने एनसीसीले जानकारी गराएको छ । अर्को भेलामा गणपुरक पुग्नु पर्दैन, जती भए पनि भेला संचालन हुने विधानमा उल्लेख छ ।
एनआरएन एनसिसि कतारको पार्षद भेला स्थगित भएपछि त्यसको विभिन्न कृया प्रतिकृया सामाजिक संजाल फेसबुकमा पनि देखा परेको छ । फेसबुकमा कस्ले के लेखे ? उनीहरुकै शब्दमा ।
धुव्र अधिकारी
किन पुन अलिशान होटलको सभाहलमानै कमसेकम १२९६ को गण्ँपुरक सख्या अटाउने खालको हलको व्यवस्था गरौ न पैसा यस कार्यकाल लाई छ क्यारे १२९६ ह १०१ भोट दिने बेलामा सबैले दिनु पर्ने हल व्यवस्था गर्दा एकै पटक सबै अटाउने खालको नगर्ने कि अलिसानमा पनी परिषद भेलामा दुतावासमा भोट दिदा जस्तो दिनमा एकपटक जतिबेला आएपनी हुने हो ? कृपया बताई दिए आभारी हुने थिए समयको पनी बचत हुने थियो ।
शिखर वैद्यको पोष्टमा
शिखर वैद्य– नियमसंगत तरिकाले अगाडी बढौ भन्नु के विरोध हो ? विधानमा व्यवस्था भए अनुसार चल्नुपर्छ भन्नु विरोध हो ? यदि हो भने विधान च्यातेर फाली आङ्खनो मनोमानी अगाडी बढे भईहाल्यो । नत्र विधान सम्मत तरिकाले चल्न सक्दैन भने विधान संसोधन गर्नुपयो ताकी भोली सबैजना वैधानीक तरीकाले अगाडी बढ्न सकोस् । दायित्ववोध भएका साथीहरु किन संस्थाको आत्मा विधानमाथि आङ्खनो नाङगो नाच देखाउन आतुर छन् ? किन विधान संशोधन गरेर अगाडी बढ्न हिच्किचाउछन् ? “बनेका पाषर्द“ र “बनाईएका पाषद विचको फरक कहिले सम्म राख्ने ? पवित्र निश्कलङक संस्थामा राजनीति हावी कहिले सम्म हुन दिने ? भोटको किनवेच र भागबन्दाको राजनीति कहिलेसम्म चल्न दिने ? विचार गरौ ।
प्रेम लामा– सर नेक्ष्ट टाइम पनि त्यती नै आउने हो । लास्ट टाइममा पनि नपुगेको नै हो ।
शिखर वैद्य– अनि यस्तैलाई निरन्तरता दिने की सुधार गर्ने तिर हेर्ने ? हिजो भएता गल्तीहरुलाई सुधार नगरि गल्ती गर्दै जानु ठिक हो त ?
प्रेम लामा– त्यो बिल्कुल होइन ! चुनावमा जसरी क्याम्प क्याम्पबाट उठाएर ल्याएका थिए सायद हिजो पनि त्यसरी नै ल्याएको भए गणपुरक पुग्नेथियो कि ! कोही नेपाली जानु भयो होला कोही डिउटीमा होला ,कोही आउन नचाहाएको पनि होला । कार्यसमितीका सरहरुपनि पुरा आउनुभएको थिएन रे !
चौधरी विध्यानन्द– बिधानलाई परिमार्जन गर्नु बाहेक अर्को उपाय छैन.
विल गुरुङ–महाधिवेशनले परिवर्तन गर्नु पर्ने निर्देशिका सहमतिमा परिषद भेलामा परिवर्तन गर्न सकिन्थ्यो होला तर यहा“ त परिषद भेला बस्नको लागी गण्ँपुरक सङख्या नै पुग्दैन यो तपाई हामी सबैलाई थाहा छ । बिडम्बना के देखियो भने गण्ँपुरक सङख्या नपुगोस भनेर कोठा कोठामा अनि चौर तिर बसेर भाकल पनि गरिदो रहेछ र गरेको पनि थाहा हुन आयो ।
शिखर वैद्य–चौतारोको बैठक होस या कतारको प्रख्यात कोठे बैठकहरु हुन् या कसैले भाकल गरेकै होस् सबैलाई (आयोजक सहित) थाहा थियो गण्ँपुरक संख्या पुग्दैन भन्ने । हिजो मात्र होईन पहिले देखिनै थाहा थियो । थाहा हु“दा हु“दै बुझ पचाउन खोज्नु र गण्ँपुरक पुग्दैन भन्ने वित्तिकै बैठक स्थगित गर्न आतुर हुनु अर्को विडम्बना हो ।
बिनोद भट्टराई– जुन विधानको प्रक्रिया अनुसार बनेको कार्यसमितिले त्यहि विधान नमान्ने भन्नसक्छ ? कार्य समितिको कुन पदाधिकारीले कहा हामि विधान विपरित कार्य गर्दैछौं भन्यो ? विधानको विज्ञहरुले विधानको वकालत गरेर कार्यक्रमलाइ तहसनहस पारिरहदा कार्यसमिति विधानको ...कार्यान्वयन गर्ने निकाय पनि हो भन्ने कुरा सम्झनुपर्छ कि पर्दैन ? भेलामा सहभागि एउटा परिषद सदस्यले कार्यक्रम शुरुहुनु पुर्व नै गण्ँपुरक संख्या पुगेन भन्दै घोषणा गरेर भाडभैलो गर्नु पर्छ भनेर विधानको कुन बु“दामा लेखिएकोछ ? के ठुलो स्वरले गण्ँपुरक संख्या पुगेन भनेर उद्घोÈ गर्ने महासयहरुसंग कार्यक्रमको हा“जिर विवरण्ँ थियो ? विना आधार गाण्ँपुरक संख्याको घोषणा गर्ने अधिकार कुन विधानले दियो ? कार्यक्रमको लिखित उपस्थिति विवरण्ँको आधारमा गण्ँपुरक संख्या पुगे नपुगेको घोषणा गर्ने र हलसंग कार्यक्रम संचालनको अनुमति लिने कार्यक्रमको तालिका अनुसार महासचिवले गर्न पाउनु पर्छ कि पर्दैन ? त्यस पछि मर्यादित ढंगले विधानत भेलालाई अर्को मिति तोक्ने सक्ने सभ्य बाटोलाइ बिर्सेर हलमा प्रवेस गर्नु अगाडी नै तयार गरेर ल्याएको रेडिमेट तर्कहरु प्रस्तुत गरेर संस्था र सम्रग्र समुदायको अनुहारमा आफै हिलो छयाप्ने कार्य विधान बमोजिम हो ? हाम्रो संस्थाको सम्मान हामि आफै गर्न सक्दैनौ, हाम्रो समुदायको इज्जत हामी आफै बचाउन सक्दैनौ, आफै १०१ रियाल तिरेर सदस्यता लिएको संस्थालाई आफै तहसनहस बनाउन योजनाबद्ध तरिकाले प्रस्तुत हुन्छौ भने हामिलाइ संस्थाले काम गरेन भन्ने अधिकार रहला ? कार्यक्रम आयोजकको हैसियतले कार्यसमितिले अपनाएको संयमतालाइ अपव्याख्या गरेर जुन प्रचारबाजी भइरहेको यो अत्यन्त दुखद र निन्दनिय छ । कार्यसमिति प्रक्रियागत रुपमा गठन भएको एउटा संस्था हो र यसलाई आङ्खनो काम कर्तव्य र अधिकारको राम्रो हेक्का हुनुपर्छ र छ । यहा“ व्याक्ति गौण्ँ र संस्था प्रमुख पात्र हो । यदि कसैले स्वयंम आफुलाइ संस्थाको ठेकदार सम्झन्छ र हर्कत गर्ने कुचेष्टा गर्छभने सायद कसैकोलागि पनि फाइदाजनक नहोला ।
शिखर वैद्य–हैन विनोदजी अलि कुरा बुझिन मैले । कार्यक्रम शुरु गर्दै कार्यक्रम संचालक तथा महासचिव क्रान्तिजीले गण्ँपुरक संख्या पुगेन कार्यक्रम अगाडी बढाउन सहमति छ की छैन भनि सहभागीहरुसंग सहमति माग्नुभएको होईन र ? गण्ँपुरक संख्या पुगेन भनेर त महासचिवले नै घोÈण्ाँ गरेको र गणपुरक संख्या छैन भने अगाडी कसरी बढ्ने भन्नु अपराध सिद्ध भयो ?
बिनोद भट्टराई– शिखर सर हिजोको कार्यक्रम तयारी गर्ने क्रममा एनसीसीले अवश्य पनि कार्यक्रम तालिका बनाएको थियो, विगतका अनुभवहरुलाइ समेत मध्यनजर गर्दै सम्भावित परिस्थितीहरुलाइ प्रक्रियागतरुपमा सहजतापुर्वक निकास दिने हैसियत एनसीसीले पनि राख्दथ्यो तर एनसीसीका पदाधिकारीहरुलाइ अमर्यादित तरिकाले कार्यक्रम तालिका बमोजिम कार्यक्रम संचालन नगर्न दबाबदिने लगााएतका व्यवहारहरु शोभनिय पक्कै थिएनन् । के कार्यसमितिले एउटा भेला कति चरण्ँ मा कसरी संचालन गर्ने भनेर कार्यक्रम तालिका तयार गर्ने हैसियत पनि राख्दैन ? अझ त्यहि हल भित्र सिमित राखिनु पर्ने संस्थाका आन्तरिक गतिविधिहरुलाइ संस्थागत मर्यादाको समेत ख्याल नगरी कुप्रचार भइरहेको छ त्यसले सकरात्मक सन्देस अवश्य पनि दिएकोछैन । यस्तो अवस्थामा संस्थाले गैरआवासीयहरुका सरोकारका विÈयहरुलाइ कसरी अगाडी बढाउन सक्ला ?
शिखर वैद्य–विनोदजी, कार्यसमितिका पदाधिकारीहरुको हैसियत र कार्यदÔता प्रति कसैको गुनासो छ जस्तो मलाई लाग्दैन । हिजोको कार्यक्रमका तयारीमा लाग्नुभएका सम्पूणर््ँ साथीहरुको अथक प्रयासको प्रशंसा गर्नै पर्छ । हिजोको कार्यक्रममा म हलमा उपस्थित भएको समयसम्ममा कहि कतैबाट “एनसीसीका पदाधिकारीहरुलाइ अमर्यादित तरिकाले कार्यक्रम तालिका बमोजिम कार्यक्रम संचालन नगर्न दबाबदिने लगााएतका व्यवहारहरु“ भए जस्तो मैले महशुस गरिन । हो, मैले अध्यÔ महोदयलाई पार्Èद भेला शुरु नगरी सम्मान कार्यक्रम पहिला गर्नु उचित नहोला भन्ने सल्लाह दिएको थिए जुन कुराको मनन् गरी अध्यÔबाट कार्यक्रम परिवर्तन गर्नुभएकोमा धन्यवाद दिन चाहान्छु । यसको कारण्ँ कार्यसमितिले पार्Èद बैठक आव्हान गर्दा सम्मान कार्यक्रमको जानकारी दिएको थिएन अतः जुन कार्यक्रमको लागि बोलाईएको हो सो कार्यक्रम पहिला संचालन गरेर अर्को कार्यक्रमलाई पछि राख्नु उचित र मर्यादित पनि हुन्छ । गलत समाचार र कुप्रचारको खण्डन गर्नु कार्यसमितिको दायित्वमा पर्दछ । संस्थासंग सम्बद्ध भएर गलत प्रचार प्रसार गर्नु निन्दनीय कार्य हो यसमा दुई मत हुन सक्दैन
।
कुमार कार्कीको पोष्टमा
कुमार कार्की–म परिÈद सदस्यको दायित्व के बिरोध गर्नका लागि मात्र हो त? गण्ँपुरक संख्या पुर्याउन कार्य समितिको मात्र दायित्व हो त? मेरो दायित्व मेरा परिसद सदस्य साथीहरुलाई कार्यक्रममा जानु पर्छ भन्ने हुदैन र? कि बाहिर आएका साथीहरुलाई पनि फर्काएर आफु भित्र प्रवेश गरेर गण्ँपुरक संख्या पुर्याएको खोइ भनेर उफिदै कार्यक्रम हामी गर्न दिदैनौ भनेर चिच्याउने हो? डायरीमा स्मरण्ँका लागि बिरोध भन्ने सब्दलाई लेखेर आउने तपाई परिÈद सदस्यहरुलाई धिक्कार छ र व्यवहारिक प्रतिकार गर्न नसक्ने मलाई पनि ††††††
रचनात्मक भूमिका खेल्न सकिदैन भने सदस्यको पदीय बिल्ला भिरेर आङ्खनै उपहास नगरिओस्, आफू गर्न सकिदैन भने अरुले गरेको कुराको बिरोध पनि नगरिओस्, पहिला आङ्खनो दायित्व बुझियोस अनि अरुको बिरोध गरियोस ...............मैले बुझेको म र तिमि बीचको भिन्नता छुट्याउन जरुरि छ अब
गौरव दर्पण–एक पटक भेला बहिस्कार गर्दा मात्र दुई शब्द र दुई मिनेट खर्च भयो ....... तर हामी बाट संकलित त्यो कोÈको रकम मध्ये एउटा मोटो रकम अनाहकमा नस्ट भयो, बरु त्यो रकमले नेपालको कुनै एउटा बिद्यालयमा सिपमुलक कÔा संचालन गरेको भए चार जना नेपाली सÔम हुन्थे र राजनिती भन्दा टाढा रहन्थे !!
लक्ष्मण खतिवडा–आफुले बोलेको शतप्रतिशत सहि हो र अरुले बोलेको १ प्रतिशत पनि सहि हैन भन्ने न्यारो माइड भएका ब्यक्तिहरुले यो भन्दा के नै गर्न सक्छन र मित्र हो ।
गौरव दर्पणको पोष्टमा
गौरव दर्पण–घृणित राजनितीको सिकार .. नेपाली समुदाय † एनआरएनए(नेपालीका लागि नेपाली)
यो नारा परिबर्तन गरेर “राजनितीका लागी बलि, बिदेशका श्रमिक नेपाली“ बनाउनु पर्छ होला आदरण्ँीय पार्Èद ज्युहरु †
१०१ रयल तिरेर एनआरएन को फर्म भरेर तपा“ई पार्Èद बन्नुको उदेश्य नै यहि हो भने हाम्रो भन्नु केही छैन ††
नत्र भने १२९६ मा कति पार्Èद सदश्यहरु हुनुहुन्छ फुर्Èदिलो र झगडा,बिरोध,अनि खुट्टा तान्न भ्याउनुहुने... तपा“ईहरुले नै सम्हाल्नुस् यो गैर आवासिय नेपाली संघ .... नत्र भने पटक पटक हामी श्रमिक यो चतिर्काला हेर्न आउन असमर्थ छौं †††
गोकुल थापा–नारने नाराने नाराने आज त बेमौसमको गाईजात्रा देखियो दोहा कतारमा ।
गाईजात्रा पनि के भन्नु कही नभएको जात्रा हा“डीगाउ“मा, हा“डीगाउ“मा पनि नभएको जात्रा नाराने कतारमा । हे नेपाली समुदायका अगुवा भनौदाहरु हो अरु समुदायको मान्छेले यो जात्रा देख्दा के सोच्लान के भन्लान ? मलाई पो कुरीकुरी लाग्यो ।
गौरव दर्पण– यो स्टाटस लेख्नु पर्दा म पनि खुशी छैन, र यो कोही ब्यक्ति वा यो गरिमामय संघको बिरोध गरेको पनि हैन ... तर यस भित्र देखीएका केहि गलत बिचार र उदेश्यहरु प्रति भने मेरो आपत्ती छ !!
गोकुल थापा–स्टाटसको लागि खेद मान्नु जरुरी छैन गौरव भाई । कालोलाई कालो सेतोलाई सेतोभन्दा के को आपती नि ? तर तपाईंले जती तितो लेखे पनि बोले पनि सुधार हुनेवाला केही छैन । किन कि बाह्र बर्È कुकुरको पुच्छर ढुङरोमा राख्दा बरु ढुङरो बाङिएला पुच्छर सोझिएला बन्ने आश गर्नु व्यर्थ छ ।
गौरव दर्पण– एक पटक भेला बहिस्कार गर्दा मात्र दुई सब्द र दुई मिनेट खर्च भयो ....... तर हामी बाट संकलित त्यो कोषको रकम मध्ये एउटा मोटो रकम अनाहकमा नष्ट भयो, बरु त्यो रकमले नेपालको कुनै एउटा बिद्यालयमा सिपमुलक कÔा संचालन गरेको भए चार जना नेपाली सÔम हुन्थे र राजनिती भन्दा टाढा रहन्थे !!
गौरव दर्पण– कुनै पनि कुराको बिरोध गर्नु अघि सम्बन्धित बिÈय प्रति आङ्खनो “काम कर्तब्य र अधिकार“ बुझेर अनि त्यसलाई ब्यबहारमा लागु गरेर हेर्नुस .... बिरोध गर्ने बातावरण्ँ नै सिर्जना हुदैन †
यस भेलामा सके सम्म बढि परिषद सदश्यहरुको उपस्थीति गराउनु तपा“इको चा“हि दायित्व भित्र पर्दैन थ्यो र ????