Responsive Ad Slot

latest

तिन घन्टा पछि गोर्खा आरुघाटको अवरुद्ध सडक खुल्यो I

Thursday, January 19

/ by Admin BHOLA THAPA

पवन गुरुङ
गोर्खा माघ ५ गते ।
हिजो अपरान्ह जिल्ला सदरमुकामवाट आरुघाटका लागी हिँडेको ना ३ ख ७९४५ नम्वरको यात्रुवाहक वसवाट खसेर मृत्युभएको विषयलाई लिएर मृतकका आफन्तले क्षतिपुर्तिको माग राख्दै गरेको गोर्खा आरुघाटको अवरुद्ध सडक आजा झन्डै तिन घन्टा पछि मात्र खुलेको छ ।

नगरपालीका ६ खोलखाले नजिकै वसको ढोकावाट खस्दा बुङ्कोट १ का राम बहादुर थापाको मृत्यू भएको थियो भने सोहि विषयलाई लिएर मृतकका आफन्तले आज मध्यान्हवाट गरेको सडक अवरुद्ध मृतकलाई क्षतिपुर्ति वापत पाँच लाख दिने सहमति पछि अवरुद्ध सडक खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय तथा यातायात व्यावसायीको समन्वयमा भएको छलफल पछि विमा कम्पनिले मृतकका परिवारलाई पाँच लाख क्षतिपुर्ति दिने सहमति संगै अवरुद्ध सडक तथा लाश वुज्ने र पोष्मार्टम गरि समय भए सम्म आजै दाहसंस्कार गरिने मृतकका आफन्त नारायण थापाले जानकारी दिएका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI