Responsive Ad Slot

latest

युएईमा जनयुद्द दिवस भव्यताका साथ सम्पन्न I

Sunday, February 19

/ by Admin BHOLA THAPA
हरि नेपाली
दुबई , गत शुक्रबार फेब्रुअरीका १७ कादिन नेपाली जनप्रगतिशील मंच युएईले सहिद दिबस मनाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को नेतृत्वमा वि।सं।२०५२ साल फागुन १ गतेबाट सञ्चालित महान् जनयुद्धको बार्षिकोत्सवको अवसरमा नेपाली जनप्रगतिशील मञ्च युएईको आयोजनामा १७ औ महान् जनयुद्ध दिवस एक कार्यक्रमका वीच दुवई स्थित एभरेष्ट ईन्टरनेसनल होटलमा सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मञ्च युएईका केन्द्रिय अध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक उत्तम अधिकारीको सभापतित्वमा एवं मञ्चका सल्लाहकार संयोजक पिताम्बर पोखरेलको आतिथ्यमा भएको उक्त कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको फोटोमा सामुहिक माल्र्यापण गरि देश र जनताका निम्ति जीवन आहुती दिने ज्ञातअज्ञात वीर शहिदहरुप्रति क्रान्तिकारी सलामी दिदैं १७ दिपप्रज्वलन साथ शहिदहरुको सम्झनामा मौन धारण गर्दै कार्यक्रम अघि बढाइको थियो । दोस्रो महाधिवेशन आयोजक समितिका सहसंयोजक हरि नेपालीले संचालन गरेको उक्त कार्यक्रममा सुरेश ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै तत्कालिन कार्यक्रमका अतिथि एवं मञ्चका सल्लाहकार संयोजक पिताम्बर पोखरेलले जनयुद्धको मर्म अनुसार संविधान बन्नुपर्ने जिकिर गर्नुभएको थियो । साथै मञ्चका केन्द्रिय उपाध्यक्ष दिपक बोहराले वर्गिय क्षेत्रिय जातिय तथा समग्र शोषित पिडित जनताको आवाजलाई समटेर जनयुद्ध सुरु भएको कारण नै दश बर्षमा विशालतामा परिणत भएको स्मरण गराउदै आम नेपाली जनताको चेतनास्तर यही जनयुद्धका कारण विकसित र परिवर्तित भएको बताउनुभएको थियो । उपाध्यक्ष बोहराले बोल्दै संकाटकाल समेत लगाएर सिध्याउन नसकेको माओवादीलाई जनताको संघीय गणतन्त्र सहितको जनवादी संविधान काँग्रेस एमाले लगायतका प्रतिक्रियावादीहरुले बन्न नदिने षड्यन्त्र गरे जनविद्रोहको विकल्प नरहेको बताउनुभयो । कार्यक्रलाई सम्बोधन गर्दै मञ्चका महासचिव श्याम परियारले माओवादीले हतियार उठाउनु रहर नभई बाध्यता रहेको बताउनु हुदै अहिले देशमा स्थापित गणतन्त्र र संविधान सभाको एजेण्डा माओवादीको भएको र त्यसलाई संसदवादी राजनैतिक दलहरुले खोसेर आफ्नो बनाउने षड्यन्त्र गरिरहेको बताउनु भएको थियो । आफ्नो मन्तव्य राख्नुहुदै मञ्चका केन्द्रिय सदस्य रमेश गिरीले नेपाली जनयुद्धले आफ्नो विकासको क्रममा त्याग, तपस्या र बलिदानीका अद्धितिय किर्तिमान कायम गरिसकेको बताउदै एउटा जीवन्त पार्टीभित्र अन्र्तसंघर्ष अपरिहार्य सर्त भएकोले अहिले पार्टी भित्र विकसित अन्र्तसंघर्षलाई लिएर प्रतिक्रियावादीहरुले जनमानसमा भ्रम सृजना गर्न लागिपरेको उक्त भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको थियो ।







कार्यक्रमको समापनमा बोल्दै सभापति उत्तम अधिकारीले क। दिल बहादुर रम्तेल, क। सुरेश बाग्ले “बासु” लगायत चौध हजार सहिद घाइते तथा बेपत्ताहरुको त्याग तपस्या र बलिदान एवं शोषित–उत्पीडित जनताको लगावका कारण जनयुद्धले यो स्प्रिट पक्रेको बताउदै प्राप्त उपलब्धीहरुको रक्षासंगसंगै समाजवादको लक्ष्यलाई पार्टीले विर्सन नहुने विचार राख्नु भएको थियो । सो कार्यक्रममा प्रगतिशील यातायात मजदुर विभागका उपाध्यक्ष बाबुराम वि।क। तथा महासचिव निमकान्त पाण्डे, जनस्वयंसेवक परिचालन व्युरोका महासचिव हरि घर्तीमगर, महिला विभागका अध्यक्ष पुष्पा खत्री, विन्दु गिरी दुवई क्षेत्रिय समितिका हेमन्त पौडेल, अलऐन क्षेत्रिय समितिका गोकर्ण ओझा, जेवल अलि उपक्षेत्रिय समितिका सुजन ढकाल, सोनापुर ईकाइ समितिका मणिराम योगी लगायतले मन्तव्य राख्नुभएको थियो । १७औं जनयुद्ध दिवस जिन्दावाद १ जनयूद्ध जनताको गौरव हो १
Don't Miss
© all rights reserved
made with by netKUTI