दमौली, ७ फागुन
कांग्रेस नेता गोविन्दराज जोशीले मुख्य राजनीतिक दलका नेताहरुका कारण देशले निकास नपाएको आरोप लगाएका छन् । तनहुँको थप्रेकमा रेडक्रस उपशाखा दुलेगौंडाले शनिबार आयोजना गरिएको कार्यक्रममा जोशीले तीन दल मिले समयमा नै संविधान जारी हुने बताए ।
जोशीले राज्य पुर्नसंरचना आयोगले तनहुँ जिल्लाको अस्तित्व नै नामेट पार्दा समेत तनहुँबाट निर्वाचित सभासद्हरु सदन र सडक कतै नबोलेको आरोप लगाए । जातीय राज्य भनिएपछि तनहुँकै मगरहरु पनि कोही मगरात र कोही नारायणी प्रदेशमा परेको र यो अव्यवहारिक भएको भन्दै आयोगका कदमका विरुद्ध जिल्लावासीले आवाज उठाउनुपर्नेमा जोड दिए ।
उपशाखाका सभापति बालकृष्ण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति उदयराज गौली, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद गौतम, नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष प्रदीप पौडेल, नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव नारायण प्रसाद सिग्देल, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष गणेश बहादुर खत्री, कतार सम्पर्क महासंघका सचिव करिम बकस मिया, नेकपा एमाले जिल्ला कमिटी सदस्य देवलाल खनाल, नेपाल रेडक्रस सोसाईटी तनहुँका उप कोषाध्यक्ष प्रदीप घिमिरे, नेका पूर्व क्षेत्रीय सभापति डिल्लीराम अधिकारी, रेडक्रस दुलेगौंडाका कोषाध्यक्ष केशमाया गुरुङ, सचिव ईन्द्र पौडेल लगायतले समेत मन्तव्य व्यक्त गरेका थिए । इ तनहुँ