सन्तकुमार चौधरी
चितवन (माडी ) ६ फागुन ।
पश्चिम चितवनको माडीमा बोक्सीको आरोपमा हिजो बिहान हत्या गरिएकी महिलाका परिवारलाई १० लाख क्षतिपुर्ति उपलब्ध गराउने प्रतिबद्धता प्रशासनले जनाएपछि, मृतकका आफन्तहरुले शब उठाएका छन् ।
जिल्लाका राजनैतिक दल, स्थानियबासी , मृतकका आफन्त र प्रशासन बिच आज दिउसो भएको छलफलमा प्रशासनले १० लाख रुपैया“ क्षतिपुर्ति उपलब्ध गराउने प्रतिबद्धता पछि शब उठाइएको एमाले चितवनका अध्यक्ष कृष्ण खनालले जानकारी दिनुभयो । साथै मृतकका छोराछोरीलाई निशुल्क शिक्षाको ब्यबस्था गर्ने र दोषी माथि तत्काल कडा भन्दा कडा कारर्बाही गर्ने सहमती भएको खनालले बताउनुभयो ।
जिल्लाका राजनैतिक दलका प्रतिनिधी लास उठने र समस्या झन जटिल बन्ने देखिएपछि सहमतीको उपाय खोज्न बिहान माडी गएका थिए । ीचतवनका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्की भरतपुरको होटल ग्लोबलमा भएको एक कार्यक्रममा सहभागी बनेपछि, माडि तर्फ जानुभएको थियो । यसअघि, मृतकका आफन्तले आज दिनभर शब घटनास्थलमानै राखेर प्रर्दशन गरेका थिए । हिजो बिहान बगौडा २ की ठेगनी देबि महतोको हत्या भएको थियो । हत्याको बिरोधमा थारु कल्याणकारिणीसभा चितवनले आज माडीमा बन्द गराएको थियो । दलहरुको प्रतिबद्धता पछि आज आब्हान गरिएको माडि बन्द पनि खुलेको थियो । आज गरिएको बन्दका कारण माडीबाट सदरमुकाम आउने गाडीहरु चल्न सकेका छैनन् भने बजार पूर्ण रुपमा ठप्प रहेका थिए । स्थानिय महिलाहरु समुह पनि प्रदर्शनमा उत्रिएका थिए । हत्याको विरोधमा स्थानिय बासिन्दाहरु हिजो पनि माडीमा दिनभर गाडी चल्न दिएका थिएनन् । घटनामा संलग्न रहेको आशंकका प्रहरीले हिजै १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । हत्याको आरोपीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ ।