Responsive Ad Slot

latest

कतारमा दशगजा प्रदर्शन हुने I

Saturday, February 18

/ by Admin BHOLA THAPA
दोहा फागुन ६ गते ।
नायक तथा निर्माता नवल खड्का कै कथामा निर्माण भएको चलचित्र दशगजा कतारको दोहा स्थित गल्फ सिनेमा हलमा प्रदर्शन हुने भएको छ । कतारको च्यारिटी शो को लागि खोटाङ सेवा समाज तथा टिम नेपालको आयोजनामा प्रदर्शन हुन लागेको सो चलचित्रको प्रवद्र्धनको लागि कथा लेखक, नायक तथा निर्माता नवल खड्का आफु स्वयं दोहामा आएका छन् । माटोको मायाको बारेमा स्वाभिमानी नेपालीहरुलाई जाग्रत गराउनु जो कोहि नेपाली सपुतको कर्तव्य रहेको बताउने निर्माता तथा नायक खड्का यसले कतारमा राम्रो बजार पाउने दावा गरेका छन् ।


उक्त चलचित्र प्रदर्शनीको व्यवस्थापनमा रविन राई, राज खालिङ तथा टेक राज दाहाल रहेका छन् भने टिकट तथा अन्य सम्पर्कको लागि मणि प्रसाद आचार्य (७७५०७६९३ ) र कृष्ण चन्द राई ( ६६५४८७६७ ) रहेका छन् । दोहाको गल्फ सिनेमा हलमा विहान आउँदो शुक्रवार अर्थात् फेब्रुअरी २४को दिन पहिलो शो ११.३० मा र दोश्रो शो २.३० मा देखाईने भनिएको चलचित्र दशगजाको टिकट दर कतारी रियाल २० र ३० रहेको उनले जानकारी गराएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI