खेमनाथ पौडेल,
युएई ६ मार्च ।

संचामाध्ययममा जे जस्ता हल्ला चले पनी त्यो निराकार भएको अधिकारीले जनाए । त्यस्तो केही पनि होईन मन्त्रीज्यूको कार्यक्रममा अलि ढिला मात्रै भएको हो मंगलबार अफिस दुई बजे सम्म मात्र खोल्ने हुँदा बुधवार साँझसम्म जर्मनकोलागि भिसा प्राप्त हुने र मन्त्रीज्यू कार्यक्रममा सहभागि भएरमात्र फिर्ता हुने दूतावासका प्रथम सचिव लोक बहादुर क्षेत्रीले बताए ।
जर्मन राजदूतावासमा श्रीमतीको मात्र पासपोर्ट बुझाएको र श्रीमतीको पासपोर्टमा भिषा लागेको तर मन्त्रीको रातो पासपोर्ट भएको हुनाले भने नबुझाएको खुल्न आएको छ ।
कुनैपनि देश जाँदा रातो पोसपोर्ट भएपनि भिसाको आवश्यकता पर्ने हुनाले उनी अबुधावीमा रोकिएका हुन । भिषा विनानै त्रिभुवन अन्तर्राटि्रय विमानस्थलबाट कसरी अबुधावी सम्म आईपुगे अहिले चासोको विषय बनेको छ । त्रिभुवन अध्यागमन विभागका कर्मचारीहरुले मन्त्रीको पासपोर्ट चेक नगरेको खुल्न आएको छ ।