काठमाडौं,२३ फागुन। अभिनेता हरिवंश आचार्यले दोस्रो विहे गर्ने गाइगुईँ चलिरहेको छ । मेरोसिनेमालाई प्राप्त कतिपय औपचारिक र अनौपचारिक विवरण अनुसार हरिवंशले दोस्रो विहे गर्ने सम्भावना बलियो छ । उनी निकट स्रोतहरूले पत्नी वियोग खेपेका हरिवंशले पुनः विहे गर्ने बताएका छन् । तर, हरिवंश स्वयमले भने यसको स्वतन्त्र पुष्टि गरिसकेका छैनन् ।

स्रोत भन्छ –हरिवंशका छोरा र ती महिलाका छोरा मिलेर दुवैजनाको विहे गराइदिन लागेका हुन् ।’ दुवैजनाका छोरा मिलेर विहे गराउन कस्सिएपछि हरिवंश र ती महिला विहे गर्ने मनस्थितीमा पुगेको स्रोत दावी गर्छ । विहे चाहिँ हरिवंश पत्नी मीराको निधनको एकवर्ष पुगेपछि मात्र हुने स्रोतको कथन छ । यद्यपी, हरिवंश परिवारले भने यसबारे केही बताएको छैन । मेरोसिनेमा,