Responsive Ad Slot

latest

महासंघलाई व्यवस्थित बनाउनेछु : तिवारी I

Saturday, March 31

/ by Admin BHOLA THAPA
काठमाडौं १८ चैत । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष प्रविन तिवारीले महासंघलाई अझ बढी व्यवस्थित र मर्यादित बनाउँदै अगाडि बढ्ने बताएका छन् । सपथग्रहण कार्यक्रमपछि कुरा गर्दै अध्यक्ष तिवारीले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या र विकृतिलाई चिर्दै आमव्यवसायी र उपभोक्ताको हकहितका लागि अघि बढदै व्यवसायी सुदृढीकरण गर्ने बताएका छन् ।



निवर्तमान कार्यसमितिले गरेका सफल कार्यहरुको स्वागत गर्दै अनुशरण गर्ने र ती कार्यहरुलाई अन्तिम रुप दिन तत्काल सफल तुल्याउने बताउँदै अध्यक्ष तिवारीले गैरकानूनी रुपमा रहेको गाम्का नेपालको एकाधिकारलाई पूर्णतः खारेज गरी समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने बताए । महासंघले प्रयोगमा ल्याएको होलोग्राम स्टिकर, चारप्रति रिपोर्ट कार्ड र अनलाईन प्रविधिलाई अझ प्रभावकारी र विश्वसनीय बनाउने दिशामा पनि निरन्तर लागिरहने उनले बताए ।

महासंघको छैठौँ साधारणसभापछि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष खड्गबहादुर श्रेष्ठलाई तीन मतको अन्तरले हराउँदै तिवारी विजयी भएका थिए । महासंघको प्रथम उपाध्यक्षमा कैलाश खड्का, द्वितीय उपाध्यक्षमा दिलबहादुर लिम्बु, महासचिवमा मदन खनाल(निर्विरोध), सचिवमा निमीकुमारी तिवारी र कोषाध्यक्षमा जीवनकुमार केसी विजयी भएका छन् । 

सदस्यहरुमा क्रमशः केशव थापा, यामकुमार खड्का, श्यामकुमार थापा, मिरा शर्मा, गायत्री जिसी, चन्द्रमा राई, महेशराज श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, शालिकराम सुनार, आकाश वान्तवा र लिलाम्बर झा विजयी भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI