Responsive Ad Slot

latest

शुल्क बढाउने सहमति, आन्दोलन फिर्ता

Wednesday, May 16

/ by Admin BHOLA THAPA


चितवन , ३ जेठ-
चितवनका विभित्र चार विद्यार्थी सङ्गठनले एक सातादेखि गरेको निजी विद्यालयको शैक्षिक हड्ताल फिर्ता लिएको छ ।
चितवनका विभित्र चार विद्यार्थी सङ्गठनले एक सातादेखि गरेको निजी विद्यालयको शैक्षिक हड्ताल फिर्ता लिएको छ । प्याब्सन, विद्यार्थी सङ्गठन, अभिभावक र शिक्षा कार्यालयबीच भएको वार्तामा सहमति जुटेपछि आन्दोलन फिर्ता लिएको र आजैबाट विद्यालय खुल्ने भएको छ । विद्यार्थी नेता निरज भट्टले १९ प्रतिशत मात्र शुल्क वृद्धि गर्ने सहमति भएपछि हड्ताल फिर्ता लिएकोे बताउनुभयो । यसअघि २३ प्रतिशत शुल्क बढाएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । एक महिनादेखि स्कुलको प्रशासन र प्राचार्यको कार्यकक्षमा लगाएको तालासमेत खुलाउने सहमति भएको विद्यार्थी रुद्र भट्टराईले बताउनुभयो । बन्दका कारण यहाँका १६५ वटा निजी विद्यालयका विद्यार्थी प्रभावित भएका थिए । प्याब्सन चितवनका अध्यक्ष वेलबहादुर गुरुङले सहमति भएकाले अब नियमित हुने जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI