Responsive Ad Slot

latest

नयाँ सेनापतिमा पदोन्नति प्रक्रिया सुरु

Tuesday, May 22

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ९ -जंगी अड्डाले वरिष्ठताका आधारमा बलाध्यक्ष रथी गौरवशमशेर राणालाई प्रधानसेनापति बनाउने प्रक्रिया अघि बढाएको छ। अवकाश पाउन झन्डै साढे तीन महिना बाँकी रहेका प्रधानसेनापति छत्रमानसिंह गुरुङको स्थानमा राणाको पदोन्नति गर्न जंगी अड्डाले उनलाई नयाँ जिम्मेवारी दिन लागेको छ।
सेनाका दुई रथीमध्ये एकलाई बलाध्यक्ष र अर्कोलाई बलाधिकृतको जिम्मेवारी दिने गरिन्छ। त्यसमध्ये वरिष्ठलाई बलाधिकृतको जिम्मेवारी दिई प्रधानसेनापतिमा पदोन्नति गर्ने अभ्यास छ। त्यसैबमोजिम जंगी अड्डाले रथीद्वय राणा र नेपालभुषण चन्दको जिम्मेवारी हेरफेर गर्ने प्रक्रिया अघि बढाएको छ।
राणाले बलाध्यक्ष र चन्दले बलाधिकृतको जिम्मेवारी सम्हाल्दै आएकामा अब राणालाई बलाधिकृत र चन्दलाई बलाध्यक्षको जिम्मेवारी दिने प्रक्रिया अघि बढाइएको हो।
'रथीद्वयको जिम्मेवारी हेरफेर गर्न जंगी अड्डाले रक्षा मन्त्रालयलाई पत्र पठाएको छ, बलाध्यक्ष रथी राणालाई प्रधानसेनापति बनाउने तयारीअनुसार जंगी अड्डाले जिम्मेवारी हेरफेर गर्ने प्रक्रिया अघि बढाएको छ,' सैन्य उच्च स्रोतले नागरिकसँग भन्यो, 'मन्त्रिपरिषद्ले जंगी अड्डाको प्रस्ताव पास गरेपछि उहाँहरूको जिम्मेवारी हेरफेर हुनेछ।'
एक साताले मात्र चन्दभन्दा वरिष्ठ रहेका राणालाई प्रधानसेनापति गुरुङले यसअघि बलाध्यक्षको जिम्मेवारी दिएका थिए भने चन्दलाई बलाधिकृतको। बलाध्यक्षको तुलनामा बलाधिकृतलाई सेनाभित्रको महत्त्वपूर्ण जिम्मेवारी दिने गरिन्छ।
बलाधिकृतलाई प्रधानसेनापतिमा पदोन्नति गर्ने सैनिक अभ्यास अनुसार अहिले उक्त स्थानमा रथी चन्द रहेको र उनी राणाभन्दा कनिष्ट भएको कारण दुई रथीको जिम्मेवारी हेरफेर गर्न लागिएको हो। उपरथीबाट रथीमा पदोन्नोतीहुँदा वरिष्ठ रथीलाई बलाध्यक्षको जिम्मेवारी दीईए पनि पछि वरिष्ठताका आधारमा प्रधानसेनापतिमा पदोन्नोती गर्नु केही महिना अघि बलाधिकृत बनाउने गरिन्छ।
'बलाधिकृतलाई प्रधानसेनापतिमा पदोन्नती गर्ने सैनिक अभ्यास अनुसार राणा जरसापलाई सो जिम्मेवारी दिन लागिएको हो,' सैन्य स्रोतले भन्यो।
प्रधानसेनापति गुरुङ्को कार्यकाल भदौ २४ बाट सकिदै छ। अवकास पाउनु एक महिना अघि प्रधानसेनापति विदामा बस्ने सैनिक प्रचलन छ। यसअनुसार प्रधानसेनापति गुरुङ साउन २४ गतेबाट बिदामा बस्नेछन् भने अब उनी साढे दुई महिना मात्र आफ्नो कार्यालय जानेछन्। आँफु अवकास विदामा बस्नु अघि नै प्रधानसेनापतिले कायममुकाम प्रधानसेनापति तोक्ने प्रचलन छ।
यस्तै, जेठ ४ गतेबाट अवकास पाएका उपरथी तथा व्यवस्था तथा युद्धकार्य महानिर्देशक दमनबहादुर घलेले हेर्दै आएको जिम्मेवारी अब उपरथी नेत्रबहादुर थापालाई दिईने भएको छ। रथीद्वृयको जिम्मेवारी हेरफेरसँगै उपरथी थापालाई पनि व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयको नयाँ जिम्मेवारी दिने पत्र जङ्गी अड्डाले रक्षा मन्त्रालयमा पठाएको हो।

लडाकु छनोट समितिमा उपरथी महतनेपाली सेनाले लडाकु छनोट समितिमा उपरथी बलदेवराज महतलाई पठाउने निर्णय गरेको छ। सेनाका तर्फबाट समितिमा रहेका विशिष्ट श्रेणीका अधिकृत उपरथी दमनबहादुर घलेले उमेर हदका कारण अवकास पाएपछि उनको ठाउँमा महतलाई पठाउने निर्णय सेनाले गरेको हो। उपरथी घलेले ५७ बर्षे उमेर हदका कारण जेठ चार गते अवकास पाएका थिए।
'लडाकु छनोट समितिमा उपरथी बलदेवराज महतलाई पठाउने निर्णय सेनाले गरेको छ,' सैन्य स्रोतले भन्यो।

महत गत सातामात्र उपरथीमा पदोन्नति भएका थिए। महतलाई यसअघि राष्ट्रिय सुरक्षापरिषद सचिवालयमा सहसंयोजक जिम्मेवारी दिइएको थियो।

वैशाख पहिलो साता प्रधानसेनापति छत्रमानसिंह गुरुङले अवकासको मुखमा रहेका बहिनीज्वाइँ घलेलाई छनोट समितिमा नियुक्त गरेका थिए। समितिको अहिलेसम्म एउटामात्र बैठक बसेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI