गोरखाकोे मसेल गाउँ विकास समिति वडा नंं. ४ स्थित माझथोकमा प्रहरीको कुटाईबाट स्थानीय नरेन्द्र वस्तीको दुईखुट्टा भाँचिएको छ । विशेष गरी एमाओवादीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गुण्डा प्रयोग गरेर कुटपिट गर्ने गरेको छ । गोरखाका प्रहरी नायव उपरीक्षक बसन्त बहादुर कुँवरको प्रत्यक्ष निर्देशनमा जिल्ला स्थित मसेल गाउँ विकास समिति वडा नं. ४ माझथोकमा आफ्नै घरमा बसिरहेका नरेन्द्र बस्तीलाई कुटपिट गरी प्रहरीले दुईवटै खुट्टा भाँचिदिएको हो । तँ माओवादी हो कि हैन भन भन्दै उनीहरुले आफूलाई कुटपिट गरेको पिडित वस्तीले आज गोरखा अस्पतालमा पत्रकार सम्मेलन गरी बताउनुभएको छ । म माओवादीको शुभचिन्तक हो मात्र के भनेको थिएँ , ए तेरो नेता बाबुराम र प्रचण्ड हैन भन्दै १०÷१५ जनाको समूहले आफूलाई लाठी र बुठले हानेको उहाँले बताउनुभयो । माओवादीको जनयुद्धकालमा तैं हैनस् माओवादीलाई भात खुवाउने अव तलाईँ भात खुवाउन माओवादी अस्पतालमा आउँछ भन्दै प्रहरी निरीक्षक पुष्पराज मल्ल र सुनिलजंग शाहको टोलीले वस्तीलाई कुटपिट गरेको हो । दुवै खुट्टा भाँचिएका वस्तीको गोरखा अस्पतालमा उपचार भैरहेको छ । वस्तीको दुवै खुट्टा भाँचिएको छ । यो ठिक हुन कम्तिमा तीन महिना लाग्छ, उपचारमा संलग्न डा. सुजनराज पौडेलले भन्नुभयो । गाउँमा प्रहरी आतंक बढेपछि स्थानीयहरु डरले भयभित भएका छन् । आफ्नो घमण्ड र स्वार्थका लागि डिएसपी कुँवरले गरेको क्रियाकलाप प्रति गोरखावासीले विरोध गरेका छन् । यसबारेमा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) गोरखाका अध्यक्ष चुडामणि शर्माले प्रहरीले गम्भीर अपराध गरेको बताउनुभएको छ । प्रहरीले दुवै खुट्टा भाँचिदिएका वस्ती वैदेशिक रोजगारमा गएर केही महिना अघि मात्र घर आएका थिए । छुट्टि सकिएर विदेश जाने तयारीमा रहेका वस्तीको दुवै खुट्टा भाँचिएपछि थप समस्या परेको छ । β