काठमान्डौ ,असार २०
राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार
नेपालबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको
भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट तथा राजनीतिक गतिरोध
अन्त्यका बारेमा छलफल भएको थियो । भेटपछि वरिष्ठ नेता नेपालले राष्ट्रिय
सहमतिको अर्को सरकार गठनले मात्र मुलुकको बढ्दो राजनीतिक सङ्कटले निकास
पाउने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले एमाओवादी नेतृत्वको सरकारले देशलाई पीडा मात्र दिएको र यो सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउनुभयो । उहाँले संवैधानिक सङ्कटमा फसेको सरकारलाई लम्बाएर देशलाई थप पीडा दिन नहुने धारणा राख्नुभएको थियो । संवैधानिक र राजनीतिक रुपमा फसिसकेको वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै वरिष्ठ नेता नेपालले सहमतिको पहल गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।
जवाफमा राष्ट्रपति डा यादवले आफू संविधानअनुसार चल्ने बताउँदै दलहरुबीच सहमतिका लागि नेताहरुले पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभएको पनि नेता नेपालले जानकारी दिनुभयो । सिआईएन